यी परीक्षाकेन्द्रमा सुरक्षाकर्मीको सुरक्षामा मर्यादित 'चिट चोरी'
परीक्षाकेन्द्रमा चलिरहेको अमर्यादित परीक्षाकेन्द्रमा सँचारकर्मीहरुलाई समेत प्रवेश भने दिएनन् ।

२०७५ चैत १० आइतबार, दिउँसो १:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । आईबारदेखि सुरु भएको एसईई परीक्षा २०७५ मा देशैभरिका ४ लाख बढी परीक्षार्थीहरु सहभागी भएका छन् ।
परीक्षाको क्रममा सुनसरीको गढिगाउँपालिका वडा नम्बर २ मा रहेको सरस्वती माध्यमिक बिधालय र दुहबी ११ स्थित गोपाल माध्यमिक बिधालयमा खुल्लेआम चिट चोरी भईरहेको देखिएको छ । कडा सुरक्षाबीच सुरक्षाकर्मीहरुकै रोहबरमा विद्यालयबाट गरिएको सेटिँगमा खुल्लेआम चिट चोरी भईरहेको पाइएको छ ।
जिल्लास्थितमध्ये यी दुई विद्यालयमा देखिएको दृश्यमा बाहिरबाट सुरक्षाकर्मीहरु तैनाथ गरिएपनि भित्रबाट भने सेटिँग गरेर परीक्षार्थीहरुलाई चिट चोरी गराइएको पाइएको छ । परीक्षाकेन्द्रको कम्पाउण्डमा सुरक्षाकर्मीहरु भएपनि परीक्षाहल भित्र भने परीक्षार्थीहरुलाई गार्डमा खटिएका परीक्षागार्डले भने सघाएको देखिएको हो ।
परीक्षाकेन्द्रमा चलिरहेको अमर्यादित परीक्षाकेन्द्रमा सँचारकर्मीहरुलाई समेत प्रवेश भने दिएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…