धनुषामा SEE परीक्षा बाहिरबाट मर्यादित तर भित्र सेटिंग , कानुमन्त्री यादव स्वयंम अनुगमनमा
केन्द्राध्यक्ष मण्डलले परीक्षार्थीहरुको लािग चाहिने सम्पूर्ण व्यवस्था दुरुस्त राखेको बताए ।

२०७५ चैत १० आइतबार, दिउँसो १२:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा लगायत देशभरि नै आजदेखि एसईई परीक्षा विधिवत रुपमा सँचालन भएको छ ।
देशभरिबाट ४ लाख बढी परीक्षार्थीहरु सहभागी भएको एसईई परीक्षा धनुषा लगायत अन्य क्षेत्रहरुमा समेत विभिन्न तवरले नै सँचालन भएको देखिएको छ । आईतबार सम्पन्न भएको अँग्रेजी विषयका परीक्षाको क्रममा धनुषाको विभिन्न ठाउँमा मर्यादित भनिएपनि भित्रैबाट कर्मचारीको सेटिंगमा परीक्षा अर्मादित गरिएको पनि देखिएको हो ।
प्रदेश नं. २ कै ८ वटै जिल्लाहरुमध्ये क्षेत्रफल र जनसँख्याको हिसाबले पनि धनुषाबाट एसईई परीक्षामा सहभागी हुने परीक्षार्थीहरु सबभन्दा उच्च रहेको छ । धनुषाबाट मात्र ११ हजार १ सय ८५ जना परीक्षार्थीहरु एसईई परीक्षामा सहभागीता जनाएका छन् । जिल्लाभरिमा कामय गरिएको ४३ परीक्षाकेन्द्रमध्ये अधिकांशमा भित्रै सेटिंग मिलाएर परीक्षा सँचालन गरेको पाइएको छ ।
कैयौं परीक्षाकेन्द्रमा बाहिरबाटै पनि अर्मादित देखियो भने कैयौँ परीक्षाकेन्द्रमा पूर्ण रुपले मर्यादित परीक्षा सँचालन भएको देखियो । धनुषाको गिद्धा बेलापट्टि विद्यालयमा परीक्षा पूर्णरुपमा मर्यादित भएको देखियो । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव स्वयमं अनुगमनमा पुगेका बेला दिएको प्रतिक्रियापछि उनले निरीक्षण अनुगमन गरेको अन्य परीक्षाकेन्द्र भन्दा मर्यादित भएको बताए ।
यस्तै, अन्य परीक्षाकेन्द्रहरुमा समेत अनुगमन गरेका मन्त्री यादवले सुधारको आवश्कता औल्याएं । मन्त्री यादवले परीक्षा अवधि भरि विभिन्न परीक्षाकेन्द्रमा अनुगमन नीरिक्षण गरिने बताए । प्रदेशको शिक्षा प्रणालीमा सुधारको लागि परीक्षा अनुगमन एक तह भएको बताए ।
गिद्धाबेलापट्टि परीक्षाकेन्द्रमा परीक्षार्थीहरुको लागि स्वास्थ्य शिविर सहित छात्राहरुको लागि सेनेटरी प्याडको समेत व्यवस्था गरेको भन्दै मन्त्री यादवले स्वयंम पनि स्वास्थ्य शिविरमा सेवा लिंदै केन्द्राध्यक्ष पवन मण्डललाई प्रशंसा गरेका थिए । केन्द्राध्यक्ष मण्डलले परीक्षार्थीहरुको लािग चाहिने सम्पूर्ण व्यवस्था दुरुस्त राखेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…