सप्तरी पुगेर मुख्यमन्त्री राउतले भने,-'छोरी अभिशाप होइन, ईश्वरको बरदान हो'
छोरी बरदान भएको भन्दै छोरी भयो भनेर मन छोटो नगर्न र छोरीलाई शिक्षा दिन आग्रह गरे ।

२०७५ चैत १० आइतबार, दिउँसो १२:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । मधेशका मुख्यमन्त्री लालबाबु राउतले छोरी ईश्वरको बरदान भएको बताएका छन् । छोरीचेली उपर गरिने विभेदलाई परास्त गर्न प्रदेश सरकार लागिपरेको बताउँदै छोरी भनेर हेला गर्ने समय अब समाप्त भइसकेको बताएका हुन् ।
शनिवार सप्तरीको कंचनरुप नगरपालिका १२ रुपनगर श्रावणपुरमा आयोजित पंचकन्या धार्मिक तथा साँस्कृतिक महोत्सवको समापन गर्दै मुख्यमन्त्री राउतले छोरीलाई शिक्षा दिए छोरा झैँ छोरी पनि अगाडि बढेर नाम रोशन गर्ने बताए ।
उनले छोरी अभिशाप नभई बरदान भएको भन्दै छोरी भयो भनेर मन छोटो नगर्न र छोरीलाई शिक्षा दिन आग्रह गरे ।
मुख्यमन्त्री राउतले छोरीलाई शिक्षा दिएर अगाडि ल्याए छोरीले पनि मुलुकको विकास कार्यमा सघाउँने र मुलुक एउटा नयाँ दिशा तिर अघि बढ्ने बताए ।
प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ’ अभियान शुरु गरेको स्मरण गर्दै उनले प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षण दिन सरकारले काम गरिरहेको जानकारी गराए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…