जनकपुरमा होली खेलिरहेका युवकलाई प्रहरीको भ्यानले कुल्चियो, अवस्था तनावग्रस्त !
घटनापछि केही बेर रामचोकको अवस्था झडपमा परिणत भई तनावग्रस्त भएको छ ।

२०७५ चैत ८ शुक्रबार, दिउँसो २:११ बजे१ मिनेट पढाइ
घटनापछि केही बेर रामचोकको अवस्था झडपमा परिणत भई तनावग्रस्त भएको छ ।

२०७५ चैत ८ शुक्रबार, दिउँसो २:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । होली मनाइरहेका जनकपुरका एक युवक उपर प्रहरीको भ्यान चलेपछि अवस्था तनावग्रस्त भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ रामचोक स्थित रहेको गणेश युवा कमिटिको भवन अगाडी तथा राम टावरकै अगाडी सडकमा होली खेलिरहेका अन्दाजी २० बर्षिय संदिप यादवलाई प्रहरीको भ्यानले कुल्चेका छन् ।
होलीको समयमा गस्तीमा गएका जिल्ला प्रहरी कार्यालयको भ्यानले यादवलाई कुल्चेर भाग्न थालेपछि त्यही होली खेलिरहेका युवकहरुले भ्यान उपर ढुँगा प्रहार गर्न थालेपछि झडप समेत भएको थियो । यादवको ठेगाना बारे खुल्न सकेको छैन भने उनलाई उपचारको लागि अस्पताल लगिएको जनाइएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ताले जिल्लाबाट खटिएको गस्ती टोलीले होली खेलिरहेका युवकलाई ठक्कर दिएको स्वीकार गरेका छन् । भ्यानले कुल्चेपछि गम्भिर घाईते भएका यादवलाई उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्कर दिने भ्यानको नम्बर बारे थाहा नभएको भन्दै युवकलाई ठक्कर दिएको भनेर स्वीकार गरेका छन् । यता, घटनास्थलमा युवाहरुले ठक्कर दिएका युवकको रगतलाई इटले घेराबन्दी गरेर राखेको छ । घटनापछि केही बेर रामचोकको अवस्था झडपमा परिणत भई तनावग्रस्त भएको छ ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…