सर्लाहीमा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

२०७५ चैत ८ शुक्रबार, बिहान ११:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीमा एकजनाले आफ्नै श्रीमती उपर खुकुरी प्रहार गरी हत्या गरेका छन् । सर्लाहीको बरहथवा–५ मा स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको हो ।
विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए । हत्या गरेर भाग्दै गरेका उनलाई राति नै पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ भने हत्याको बारेमा थप अनुसन्धान भईरहेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…