फेसबुकमा मधेशका कानुनमन्त्री यादवलाई गाली गर्दै भन्यो- 'मान्छे कालो बुद्धि कालो' !
फेसबुकमा धोती भनेर असभ्य भाषाको प्रयोग गरेका थिए भने प्रदेश सरकार चुप्पी लादेका थिए ।

२०७५ चैत ४ सोमबार, बिहान ८:०३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले आफ्नै सिडिओ (प्रमुख जिल्ला अधिकारी) राख्ने समाचारमा एक जनाले प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई अपमानजनक शब्द प्रयोग गरेका छन् ।
मधेश सरकारले अब प्रत्येक जिल्लामा आफ्नै सिडिओ राख्ने, यस्तो हुनेछ ऐन ! शिर्षकको समाचारमा टिप्पणी गर्दै सरसोति श्रेष्ठ नामक एक युवकले कानुमन्त्री यादवलाई धोतीहरु मुर्दावाद, मान्छे कालो, बुद्धि कालो भनेर अपमानजनक शब्द प्रयोग गरेका छन् । मधेश सरकारले नेपालको संविधान २०७२ अनुसार नै आफ्नै प्रमुख जिल्ला अधिकारी (सिडिओ) राख्न पाउने अधिकारलाई उपलब्धी दिनको लागि विद्येयक पेश गरिरहेको समाचारप्रति श्रेष्ठले यस्ता अपमानजनक शब्द प्रयोग गरेका छन् ।
मधेश एक्सन फेसबुक ग्रुपमा साझा गरिएको न्यूज ब्यूरोको मधेश सरकारले अब प्रत्येक जिल्लामा आफ्नै सिडिओ राख्ने, यस्तो हुनेछ ऐन ! शिर्षकको समाचारमा टिप्पणी गर्दै उनले लेखेका छन् - "माचिक्ने धोतीहरु" , "धोतीहरु मुर्दावाद मान्छे कालो बुद्धि कालो" । यसका साथै उनले एक बालकको जीउभरि कालोमोसो दलिएको कृतिम कालो बनाएर प्रस्तुत गरिएको तस्विर समेत टिप्पणी बक्समा पोष्ट गरेका छन् । यो तस्विर पोष्ट गर्दै उनले मधेशी मूलका नेपालीहरु कालो हुने र उनीहरुको बुद्धि पनि यस्तै हुँदो रहेछ भनेर भन्न खोजिएको प्रष्ट देखिएको छ ।
प्रदेश सरकार गठन भएपछि एक्सनमा आएका सरकारले नयाँ संविधान र आन्दोलनको उपलब्धी तथा संघीयताको उपलब्धी सँस्थागत गर्न दिनरात कसरतमा लागेका छन् ।
नेपालको संविधान २०७२ बमोजिम प्रदेश नं. २ को प्रदेश सभाले यो विधेयक तयार पारेको हो। प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरेको मितिले ऐन लागू हुनेछ। यस्तै विद्येयकको प्रस्तावनामा भने प्रदेशभित्र शान्ति सुव्यवस्था कायम राख्न, जनताको सुविधा र सुशासन कायम राख्न भन्दै प्रदेश प्रशासनसम्बन्धी कानुन बनाउन वाञ्छनीय रहेको उल्लेख गरिएको छ।

यसअघि पनि छिमेकी मुलुक भारत र पाकिस्तानबीचको तनावपछि प्रदेश नं. २ कै विरगँजमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) समर्थित युवाहरुले आतंकवादको विरोध गर्दै गरेको नाराजुलुसप्रति अपशब्द र गालीको वर्षा गरिएको थियो । त्यतिबेला पनि केही युवकहरुले फेसबुकमा धोती भनेर असभ्य भाषाको प्रयोग गरेका थिए भने प्रदेश सरकार चुप्पी लादेका थिए ।
ऐनले प्रदेश २ का आठ वटै जिल्लामा ‘प्रदेश प्रशासन अधिकारी’ तोक्ने उल्लेख छ। प्रदेश प्रशासन कार्यालयमा प्रदेश सरकारले प्रदेश निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीका एकजना प्रशासक नियुक्ति गर्ने ऐनमा भनिएको छ। कफ्र्यु लगाउन सक्ने, दंगाग्रस्त घोषणा गर्न सक्ने, विशेष अवस्थामा गोली चलाएर परिस्थिति काबुमा ल्याउन, मुद्दामामिला र पुनरावेदनसम्बन्धी अधिकार प्रदेश प्रशासन अधिकारीलाई ऐनले दिने उल्लेख छ। दैवीप्रकोप, महामारी, भोकमरीजस्ता विषम परिस्थिति नियन्त्रण एवं व्यवस्थापन गर्न सक्ने अधिकार क्षेत्रमा उल्लेख छ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…