विकास निर्माणलाई तीव्र पार्दे कान्छो मेयर, सन्त निवास र भुइया महाराज मन्दिर बनाउँदै
अन्तिम चौमासिक चलिरहँदा विकास निर्माणका कार्यहरुलाई तीव्रता दिँदै मेयरले विकासबाट एउटा नै जनता बञ्चित नहुने दाबी गरे ।

२०७५ चैत ३ आइतबार, राति ९:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । प्रदेश नं. २ मै विकास निर्माणको कामले चिनिने धनुषाको शहिदनगरमा अन्तिम चौमासिकमा विकास निर्माणका कार्यहरुलाई तीव्रता दिएका छन् ।
शहिदनगर नगरपालिकाका मेयर (कान्छो मेयर) उदय कुमार बरबरियाले गत साता मात्र स्वास्थ्यचौकी र रामजानकी मन्दिरको शिलान्यास गरेका थिए भने आईतबार (आज) शहिदनगर नगरपालिकाको वडा नं. ९ मा पनि दुई योजनाको शिलान्यास गरेका हुन् ।
मेयर बरबरियाले वडा नं. ९ को गोठकोयलपुरमा सन्त निवास भवन निर्माण तथा हिन्दुधर्मावलम्बीहरुको भुइया महाराजको मन्दिर निर्माण कार्य को शिलान्यास गरेका छन् । उक्त नगरपालिकामा मात्र होईन उक्त क्षेत्रमै पहिलो पटक देवता भुइया महाराजको मन्दिर निर्माण गरिने भएपछि स्थानीयहरुमा उत्साह र मेयर बरबरियाप्रतिको लगाव बढेको देखिएको छ ।
सन्त निवास र मन्दिरको लागि मेयर बरबरियाले हिन्दु पूजन विधि अनुसार जग्गा पूजन गरी शिलान्यास गरेका हुन् । इट र सिमेन्टले जग्गा पूजन गदैै आउँदो असार मसान्तसम्म यी योजनाहरु निर्माण सम्पन्न भइसक्ने दाबी गरे । उनले जनताको मनोभाव र चाहना बमोजिमको विकास कार्यको लागि आफू अग्रसर भएको बताए ।
सो शिलान्यास कार्यक्रममा नगरकी उपमेयर शिला कापर , वडा नं. ६ का वडाध्यक्ष रामएकबाल मण्डल, वडा नं. ८ का वडा अध्यक्ष तनुकलाल यादव, वडा २ का वडा अध्यक्ष जैसी भिन्वार , वडा नं. ९ का रामदेव मरिक यादव , इनजिनियर सँजय यादव , नेकपाका नेता तथा पोशन स्वयंसेवक रुपेश बिराजि , सलिमन नदाफ , वडा सदस्य बीरेन्द्र मण्डल , रिषु यादव लगायत स्थानीय जनसमुदायहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।
अन्तिम चौमासिक चलिरहँदा विकास निर्माणका कार्यहरुलाई तीव्रता दिँदै मेयरले विकासबाट एउटा नै जनता बञ्चित नहुने दाबी गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…