मेयरकै ईशारामा एक वडाध्यक्षले जनतालाई यसरी सास्ती दिँदै
आवश्यक प्रकृया पुरा नगरी वडा सचिव तनुकलाल दासले काम गरेको हुनाले अर्को वडामा पठाउने तर्फ नगरपालिका अग्रसर भएको बताए ।

२०७५ चैत ३ आइतबार, बेलुकी ७:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीको एक नगरपालिकाकै मेयरको ईसारामा एक वडाध्यक्षले आम सर्वसाधारणलाई सास्ती दिएको बताइएको छ ।
महोत्तरीको भ भंगहा नगरपालिका वडा नं. ८ का वडा सचिव तुनुकलाल दास एक हप्तादेखि कार्यालय नआएको सेवाग्रहीहरुले गुनासो पोखेका छन् । कार्यालयमा सेवाग्राहीहरु दैनिक विभिन्न काम लिएर जान्छ तर, सचिव तनुकलाल दासले आफ्नो कार्यकक्षमा २४ गतेदखि ताल्चा लगाएर कार्यालय नआउदा काम प्रभावित भएको हो ।
वडा कार्यालयमा सेवाग्राही आउदा सचिव तनुकलाल दासको कार्यकक्षमा ताल्चा लागेको देख्दा निरास भएर फर्किने गरेको वडा कार्यालयमा सेवाको लागि आएका सेवाग्राही राजकुमार यादवले भने, ‘विकास निर्माणमा सघाउन तथा जनताको सेवक बनेर आएको कर्मचारी जनतालाई दुःख दिएर मनमौजी गरिरहेको छ ।’
वडा सचिव कार्यालय नआउँदा विकास निर्माण र नियमित सेवा बन्द भएको हो । जनताको सबै भन्दा नजिक रहेको स्थानीय सरकारको घरमा ताल्चा लागेको देख्दा जनता अजित भएका छन् । आम जनतासंग प्रत्यक्ष सरोकार राखने वडा कार्यालयबाट काम नहुँदा जनतालाई सास्ती भएको हो ।
सचिव नहुँदा जनताको काम गर्न असहज भएको वडाध्यक्ष रफिक राईनले बताए । अध्यक्ष राईनले वडा सचिव कसैको रोहबरमा आएर मनोमानी ढङगले कार्यालय अनुपस्थित भएको अरोप लगाए । बीना जानकारी सचिव कार्यालय नआएको भन्दै वडाध्यक्ष राईनले भने- ‘वडा सचिवले कार्यालयको सबै स्टाम्प, छाप र अन्य कागपत्रहरु लिएरै गएको हुनाले जनताको काम पूर्ण रुपमा बन्द भएको छ ।’
यता वडा सचिव तनुकलाल दासले आफूलाई नगरपालिकाबाट आदेश आएको अनुसार नगरपालिकामा काम गरिरहेको बताए । उनले जनप्रतिनीधिहरुको विवादले गर्दा कार्यालयमा ताला लगाइएको पनि थपे । यो विषयमा आफूलाई जानकारी नभएको भन्दै उनले एक हप्तादेखि नगरपालिकामा गएर हाजरी गरेर घर फर्किने गरेको थपे । 'जनताको काम गर्न नपाएर दिनभरी त्यतिकै बस्नु पर्छ । जनताको काम गर्न नपाउँदा मलाई पनि दुःख लागेको छ ।’ उनले भने ।
यता प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले नगरका मेयरको आदेश अनुसार सचिवलाई अर्को वडामा पठाउने निर्णय भएको हो । आवश्यक प्रकृया पुरा नगरी वडा सचिव तनुकलाल दासले काम गरेको हुनाले अर्को वडामा पठाउने तर्फ नगरपालिका अग्रसर भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…