सप्तरीमा मोसा र बस जुधेपछि भयँकर दुर्घटना हुँदा...
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०७५ फागुन २९ बुधबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत सप्तरीको कुशहामा केही बेर अगाडी भयँकर बस दुर्घटना भएको छ ।
सप्तरीको सुरँगा नगरपालिका वडा नं. ५ स्थित रहेको कुशहामा पूर्वबाट आउँदै गरेको को १ ख ४९३४ नम्बरको यात्रुवाहक बस र पश्चितबाट जाँदै गरेको को ३४ प ६४२५ नम्बरको मोटरसाईकल (मोसा) एक आपसमा जुध्दा भयँकर दुर्घटना हुन गएको प्रत्यक्षदर्शी एवम् न्यूज ब्यूरो सहकर्मी अरुणकान्त यादवले जानकरी गराएका छन् ।
उक्त दुर्घटनामा परी मोटरसाईकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने बसमा सवार पनि यात्रुको गम्भिर घाईते भएका छन् । मोटरसाईकललाई बचाउन खोज्दा बस करिब १० मिटर पर गएर पल्टेपछि दुर्घटना भएको हो । मोटरसाईकल पनि पल्टेको बसमुनि च्यापिएको जनाइएको छ ।
घटनाभएलत्तै सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेर उद्धार कार्य जारी राखेको छ । सप्तरीको कुशहा पूल नजिकै उक्त दुर्घटना भएको हो । उक्त घटनामा परी मोटरसाईकलमा सबार दुई जनाको घटनास्थलमै मृत्यू भएको छ भने बसमा सवार यात्रुहरु गम्भिर घाईते भएको तथा उनीहरुलाई उपचारको लागि नजिकैको अस्पतालमा लग्ने क्रम जारी रहेको छ ।
यस घटनाबारे थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…