रेशम चौधरी उपर अन्यायमाथिको पनि अन्याय भयो, फैसलाविरुद्ध विद्रोह गर्छौं : राजेन्द्र महतो
यो अन्याय भएको भन्दै मधेशमा टिक्का टिप्पनी सुरु भएको छ ।

२०७५ फागुन २२ बुधबार, बेलुकी ५:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राजपा नेपालले सांसद रेशम चौधरीलाई सुनाइएको जन्मकैदको फैसला मान्य नहुने चेतावनी दिएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका प्रतिनिधिलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला नमान्ने चेतावनी दिएका हुन् ।
अदालतले फैसला सुनाएसँगै मधेशमा अदालतको फैसलाको व्यापक विरोध भइरहेको छ ।
पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला अन्यायमाथिको पनि अन्याय भएको टिप्पणी गर्दै उनले त्यसविरूद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरू गर्ने चेतावनी दिए ।
जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गरिनु अन्याय भएको उनको ठहर छ । यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरू हुने बताए ।
नेता महतोले पार्टीका सांसद चौधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भनि आक्रोश व्यक्त गरे ।
जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको हो ।
अदालतले फैसला सुनाएसँगै मधेशमा अदालतको फैसलाको व्यापक विरोध भइरहेको छ । यो अन्याय भएको भन्दै मधेशमा टिक्का टिप्पनी सुरु भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…