जनकपुरधामका मेयर साहको घरमा चोरी, दुई फन्दामा !
पक्राउ परेकाहरु उपर चोरी मुद्दा चलाइने तयारी भइरहेको बताइएको छ ।

२०७५ फागुन २२ बुधबार, बिहान ९:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाका मेयर लालकिशोर साहको घरमा गएराति चोरी भएको छ । मेयर साहको घरमा सोमबार राति भएको चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
छोरीको बिहे प्रयोजनको लागि खरिद गरी ल्याइएको एक लाख मूल्य बराबरको खाद्य सामाग्रीहरु चोरी गरेर लगिएको थियो ।
घटनामा संलग्नलाई राति नै धनुषा-महोत्तरी सीमाबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ६ का २० वर्षीय बिक्की साह र वडा ४ का २० वर्षीय किसन मण्डल रहका छन् ।
उनीहरूले चोरी गरेका समानहरु नयाँ बस पार्कमा सुरक्षित राखेको र उपलब्ध भएको धनुषाका एसपी शेखर खनालले जानकारी गराए ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उनीहरू उपर थप अनुसन्धान गरी चोरी मुद्दा चलाइने तयारी भइरहेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…