शिव रात्रिको पूर्वसंध्यामा चिटिक्क बनाइयो 'धनुष मन्दिर'
यही फागुन २० गते मनाइने शिव रात्रिका लागि यसपालि भव्य तयारी ।

२०७५ फागुन १७ शुक्रबार, राति ८:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ३ मा अवस्थित धनुष मन्दिर परिसरमा बृहत सरसफाइ गरिएको छ । नजिकिदै गएका शिव रात्रिलाई मध्यनजर गर्दै सरसफाइ गरिएको हो ।
शिव रात्रिमा लाग्ने दर्शनार्थीको घुइँचोलाई दृष्टिगत गरि थप मनमोहक तुल्याउन सरसफाइ गरिएको छ ।
नेपाली सेना धारापानीका प्रमुख सेनानी कान्छा काजी कार्कीको बिशेष अगुवाईमा गरिएको सरसफाइ कार्यक्रममा धनुषाधाम व्यापार संघका अध्यक्ष किशोरी साह, महासचिव सुरज सिंह, धनुषाधाम नगरपालिका ३ का वडाध्यक्ष राज किशोर साह, ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरण कुमार यादव, प्रहरी टोलि, सशस्त्र प्रहरी वेश क्याम्प शर्साका टोली, ब्राईट फ्यूचर कोचिङ्ग सेन्टरका संचालक चन्दन सिंह, स्थानीय व्यापारी, पत्रकार लागयत सयौंको संख्यामा सहभागी विद्यार्थीहरुले सरसफाइ गरेका थिए ।
यही फागुन २० गते मनाइने शिव रात्रिका लागि यसपालि अन्य वर्षको तुलनामा भव्य तयारी गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…