जनकपुरमा वडा सदस्य र प्रहरीबीच झडप : प्रहरीले वर्षायो लाठी !
त्यहाँको अवस्था तनावग्रस्त रहेको छ भने अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।

२०७५ फागुन १६ बिहीबार, बेलुकी ५:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका वडा ५ का वडाध्यक्षले गरेको क्रियाकलापको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गर्न गएका वडा सदस्यहरु उपर प्रहरीले लाठी चार्ज गरेको छ ।
वडाध्यक्षले सार्वजनिक बिदाको दिनमा सामाजिक सुरक्षा शाखामा मनमौजी तवरले आफ्नो मान्छेलाई नियुक्त गर्न खोजेको विरोधमा उनीहरूले तालाबन्दी गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडपको रुप लिँदा प्रहरीले लाठी चार्ज गरेको हो ।
तालाबन्दी गर्न गएका वडा सदस्य सन्तोष साह, मनोज साह, नाजिर हुसैन लगायतका वडा सदस्यहरूलाई प्रहरीले लाठी चार्ज गर्दै तालाबन्दी गर्न दिएका थिएनन् । तालाबन्दीको प्रयास गर्ने क्रममा उद्योग वाणिज्य संघ जनकपुरधाम उपाध्यक्ष सुरेन्द्र भण्डारीलाई समेत प्रहरीले लट्ठी चार्ज गरेको थियो ।
प्रहरीले लाठी चार्ज गरेपछि त्यहाँको अवस्था तनावग्रस्त रहेको छ भने अहिले त्यहाँ प्रहरी परिचालन गरिएको छ ।
https://www.facebook.com/100009353712378/videos/2254566221531813/
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…