जनकपुरको ५ ठाउँमा ट्राफिकले लगायो 'डिजिटल डिस्पले बोर्ड'
तर, धनुषाका ट्राफिक प्रमुख दिपक शाहले जनकपुर सहित जिल्लाको ट्राफिक व्यवस्थालाई सुदृढ बनाउने संकल्प लिएकोप्रति स्थानीय नागरिक समाजले प्रशंसा गरेका छन् ।

२०७५ फागुन १३ सोमबार, राति ८:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरी कार्यालय धनुषाले सचेतनात्मक डिजिटल डिस्प्ले बोर्ड लगाएका छन् ।
धनुषा जिल्लामा बढ्दो सड़क दुर्घटनालाइ न्यूनीकरण गर्ने उदेश्यकका साथ धनुषा ट्राफिकले जनकपुरधामको विभिन्न स्थानमा स्लोगन सहितको सचेतनात्मक डिजिटल बोर्ड लगाएका छन् । दिनानुदिन सवारीसाधनहरुको चाप बढदै गरेको भन्दै बाहिरबाट तथा ग्रामिण भेकबाट आउने यात्रुहरुले ट्राफिक नियम बारे बुझ्न सकोस भनेर डिजिटल बोर्ड लगाएको धनुषाका ट्राफिक प्रमुख दिपक शाहले बताए ।
सोमबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै ट्राफिक प्रमुख एवम् प्रहरी नीरिक्षक शाहले भने, ‘दुर्घटना घटाऔ, ज्यान जोगाऔं’ ,'ट्राफिक नियमको पालना गरौँ,' 'तीव्र गति जीवनको क्षति' गरी करिब १० १५ वटा मूल नारा सहितको डिजिटल डिस्पले बोर्ड जनकपुरको पिडारीचोक, रामानन्दचोक, मुरलीचोक, भानुचोक र जिरोमाईलचोकमा लगाएका छौँ । यसबाट आम यात्रुहरुमा सचेतना भई सवारी दुर्घटनामा कमी आउने विश्वास लिएका छौँ ।

प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा लगाईको उक्त डिजिटल डिस्प्ले बोर्ड सवारी चालकहरुलाई प्रत्यक्ष देखिने गरी राखिएको छ । दुर्घटना न्यूनिकरणको लागि यो बार्ड संजीवनी साबित हुने धनुषाका ट्राफिक प्रमुख शाहले बताए ।
उनले भने, हामीले जनकपुरको विभिन्न स्थानमा लगाएको डिजिटल डिस्पले बोर्डमा विभिन्न स्लोगनहरु कम्युटरद्धारा इन्स्टल गरिएको छ । त्यो बोर्ड सयौँ जनाले हेर्नेछ र त्यसमध्ये पनि मात्र केही जनाले ती जनचेतनामूलक नाराहरुलाई पछ्याउँछ भने बोर्डको उपलब्धी भने उच्च नै हुन्छ । मानौ, दैनिक रुपमा १०० जना सवारी चालकले त्यो बोर्ड हेरेपछि त्यसमध्ये १० जनाले मात्र व्यवहारमा लागू गर्न सकियो, बुझ्न सकियो भने त्यो हाम्रो लागि आसासहितको उपलब्धीमूलक हुनेछ ।

जनकपुरमा सडकबाटो फराकिलो पनि ठाउँ ठाउँमा चाहिने जेब्रा क्रसिँग, लेन अनुशासनहरु नहुँदा पनि सवारी दुर्घटनाको कारण बन्न पुग्ने गरेको देखिएको छ । चोकहरुमा समेत ट्राफिक प्रहरीको नियमसहितको उपस्थिति अभावमा दुर्घटना हुँदै आएको देखिएको छ । तर, धनुषाका ट्राफिक प्रमुख दिपक शाहले जनकपुर सहित जिल्लाको ट्राफिक व्यवस्थालाई सुदृढ बनाउने संकल्प लिएकोप्रति स्थानीय नागरिक समाजले प्रशंसा गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…