स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत प्रस्थान
न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान, स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादव भारत प्रथान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन उनी आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयम

२०७५ फागुन १३ सोमबार, बिहान ११:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उपप्रधान, स्वास्थ्य तथा जनसँख्यामन्त्री उपेन्द्र यादव भारत प्रथान गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन उनी आइतबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित सो सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञ सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…