सप्तरीमा बोल्न नसक्ने युवती उपर सामूहिक बलात्कार, २ फन्दामा !
युवतीलाई ललाइ–फकाइ सामूहिक बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।

२०७५ फागुन १२ आइतबार, दिउँसो १२:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा बोल्न नसक्ने अपांगता भएकी एक २० वर्षीया युवती सामूहिक बलात्कारको शिकार भएकी छिन् । युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सप्तरीको कन्चनरुप नगरपालिका–५, पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
युवतीलाई ललाइ–फकाइ कोसीटप्पु वन्यजन्तु आरक्षको जंगलमा लगेर शुक्रबार साँझ जबर्जस्ती करणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…