Ncell टावर कार्यालयमा बम विस्फोट, तीन जना घाईते !
अज्ञात समूहले विस्फोट गराएको विस्फोटबाट एनसेल टावर नजिकैको फर्निचर पसलमासमेत क्षति पुगेको छ ।

२०७५ फागुन १० शुक्रबार, राति ९:१६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाईते भएका छन् ।
शुक्रबार करिब ८ः३० बजे राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी अपिल बोहराका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका हुन्। उनीहरुको अल्का, बि एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
घाइतेमध्ये गुरुङ गम्भीर छन् । उनका दुईटै खुट्टा चुडिएको प्रहरीको भनाइ छ । मेडिसिटी अस्पतालकी नर्स उरुसाको त्यही उपचार भइरहेको छ भने प्रतिक्षाको अल्का अस्पतालमा उपचार भइरहेको छ । अज्ञात समूहले विस्फोट गराएको विस्फोटबाट एनसेल टावर नजिकैको फर्निचर पसलमासमेत क्षति पुगेको छ ।
यस घटनाको थप विवरण आउन बाँकी छ।
समाचार स्रोत : अन्नपूर्ण पोष्ट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…