जनकपुरमा एकाविहानै पुरुषको शव फेला, हत्या भएको दावी !
हत्या गरिएको बताइएपनि प्रहरीले भने अनुसन्धान पछि मात्र केही भन्न सकिने बताएका छन् ।

२०७५ फागुन ८ बुधबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ८ फागुन । जनकपुरधाममा एकाविहानै एकजना पुरुषको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका–१७ कटरैत बस्ने ३३ वर्षीय फर्निचर मिस्त्री रामरतन मुखियाको शव फेला भेटिएको हो ।
मुखियाको शव घरभन्दा ५ सयमिटर पर बाँसघारीमा फेरा परेको प्रहरीले जनाएको छ । स्थानीयहरुले शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
हालाकी, उनको घाटी रेटेर हत्या गरिएको बताइएपनि प्रहरीले भने अनुसन्धान पछि मात्र केही भन्न सकिने बताएका छन् ।
मुखिया जनकपुरमा फर्निचरको काम गर्दै आएका थिए । प्रहरीले घटना उपर अनुसन्धान भइरहेको जनाएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…