सिरहामा पोखरी विवादमा भयँकर झडप, प्रहरीले गरे ५ राउण्ड हवाई फायर !
सिरहा, ४ फागुन । सिरहामा पोखरीको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीलाई लिएर दुईपक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो । सुखीपुर नगरपालिकाले ठेक्का लगाएको स्थानीय सिकिया मण्डल

२०७५ फागुन ४ शनिबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

सिरहा, ४ फागुन । सिरहामा पोखरीको विषयलाई लिएर दुईपक्षबीच विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।
सुखीपुर नगरपालिका–२ स्थित विद्यानगरमा रहेको सिकिया पोखरीलाई लिएर दुईपक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले ५ राउण्ड हवाई फायर गरेको हो ।
सुखीपुर नगरपालिकाले ठेक्का लगाएको स्थानीय सिकिया मण्डलको आफन्त शुशिल मण्डलको स्वामित्वमा रहेको पोखरीमा माछा मार्न जाँदा ठेक्केदारले मण्डल पक्षलाई रोकेपछि विवाद चुलिएको भएको थियो । भनाभन उग्र भएपछि अवस्था तनावग्रस्त हुन पुगेको र घटनालाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।
झडपबाट मण्डल पक्षका ९ जना र ठेक्केदार पक्षका २ जना गरी जम्मा ११ जना घाईते भएका छन् । मण्डल पक्षबाट भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, शुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, राम बाबु मण्डल र श्याम कुमार मण्डल घाईते भएका छन् भने ठेक्केदारको पक्षबाट श्रीनरायण यादव र ठेकेदार रमेश कुमार यादव घाईते भएका छन् ।
नगरपालिकाले पोखरी ठेक्का लगाएपछि मण्डल पक्षले आफ्नो पोखरी रहेको भन्दै नगरपलिकामा उजुरी दिएका थिए भने अदालतमा समेत पोखरी आफ्नो भएको दावीसहित मुद्दा दर्ता गराएका छन् ।
घाईतेहरुको उपचार भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…