डा. सिके राउतका यी युवाहरु, जसले धरौटी रकम अस्विकार गर्दै जेल गए !
बिना कसुर मोटो धरौटी रकम माग गरेको भन्दै रकम अस्विकार गरेको छ ।

२०७५ फागुन ४ शनिबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

जनकपुरधाम, ४ फागुन । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका समर्थक एवं कार्यकता अदालतले आदेश गरेको धरौटी रकम अस्विकार गर्दै कारागार चलान भएका छन् ।
गत माघ ५ गते बलिदानी दिवसको दिन सप्तरीको राजविराजबाट गिरफ्तार भएका गठबन्धनका राजविराज नगरापालिका–११ फर्सेठका २३ वर्षीय श्यामकुमार यादव, सोही ठाउँका १९ वर्षीय सरोजकुमार यादव, तिलाठी कोइलाडी गाउँपालिका–२ का २८ वर्षीय सुशिल मण्डल र सप्तकोसी नगरपालिका–१० का १९ वर्षीय अविनाश पण्डितले तोकिएको धरौटी रकम अस्विकार गर्दै पुर्पक्षका लागि कारागारमा चलान भएका हुन् ।
जनही ५० हजार धरौटी सुनाइएका उनीहरुलाई पुर्पक्षका लागि राजविराज कारागारमा राखिएको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले चारै जनासँग जनही ५० हजार धरौटी रकम बुझाउन आदेश गरेको थियो ।
बालबालीका दुरुपयोग कसुर ऐन अन्तर्गत दायर गरिएको मुद्दामा अनुसन्धान गरी दोषी ठहर गर्दै उनीहरुलाई मोटो धरौटी रकम माग गरिएको हो ।
उनीहरु बिना कसुर मोटो धरौटी रकम माग गरेको भन्दै रकम अस्विकार गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…