घुस सहित पक्राउ परेका प्रहरी असई अख्तियारकै फन्दाबाट भागेपछि...
जलेश्वर, २९ माघ । महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् । औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिए पनि साह अहिले प्रहरी नियंत्रण भन्दा बाहिर भागन सफल भएको हो । भागेको लाई पक्राउ गर

२०७५ माघ २९ मंगलबार, बेलुकी ६:१६ बजे१ मिनेट पढाइ

जलेश्वर, २९ माघ । महोत्तरीमा घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् ।
औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित नियन्त्रणमा लिए पनि साह अहिले प्रहरी नियंत्रण भन्दा बाहिर भागन सफल भएको हो । भागेको लाई पक्राउ गर्न अहिले प्रहरी परिचालन गरियको र तीव्र रुपमा खोजी कार्य भईरहेको जनाइएको छ ।
अख्तियारको नियन्त्रणमा रहेका असई साह भागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै टोलीलाई स्थानीयहरुले नियन्त्रणमा लिएपछि हलचल मच्चिएको थियो । अख्तियारकै कर्मचारीले घुस सहित पक्राउ परेका असईलाई भगाएको भन्दै अख्तियारकै टोलीलाई केही बेर स्थानीयहरुले नियन्त्रण गर्न खोजेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…