सिरहामा बस दुर्घटना : १० घाईते, ३ गम्भीर !
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

२०७५ माघ २४ बिहीबार, दिउँसो ३:३६ बजे१ मिनेट पढाइ

सिरहा, २४ माघ । सिरहामा बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । सिरहाको जिरोमाइल बरियारपट्टि सडकखण्ड अन्तर्गत धनगढीमाई नगरपालिका ४ स्थित जयपुरमा आज दिउँसो ना ४ ख ६२३ नम्बरको यात्रुवाहक बस पल्टिदा १० जना घाईते भएको हो ।
घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते हुनेमा सिरहा मलहनियाका ४० वर्षीय महावती राम, उर्मिला देवी राम र रेशमा सदा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचार स्थानीय क्लिनिकहरुमा भइरहेको छ । बरियारपट्टिबाट यात्रुहरुलाई लिएर जिरोमाइलतर्फ आइरहेको बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाई छ ।
बसका चालक फरार रहेको छ भने उनको खोजविन भइरहेको छ । बस सडक भन्दा तल खेतमा खसेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…