काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार प्रकरणमा दुई पक्राउ
उमेशलाई नेपाली काँग्रेस निकट कार्यकर्ता दाबी गरिएको हो ।

२०७५ माघ २३ बुधबार, बेलुकी ५:१६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २३ माघ । गत सोमबार धनुषाको खरिहानीमा एक पुरुष उपर खुकुरी प्रहार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनुषाको सबैला नगरपालिका वडा नं. १० खरिहानीमा गत सोमबार साँझ नेपाली काँग्रेसले आयोजना गरेको देशव्यापी सरकार विरुद्धको आन्दोलन कार्यक्रममा सहभागी भएर घर फर्केने क्रममा उनकै घरस्थित उनी उपर खुकुरी प्रहार गरिएको थियो । पक्राउ पर्नेहरुमा सबैला नगरपालिका वडा नं. १० खरिहानीकै स्थानीय ३९ बर्षिय सतिश कापर र सोही ठाउँ बस्ने ६६ बर्षिय चन्दर कापर रहेको छ ।
काँग्रेसले सोमबार जनकपुरमा निकालेको विर कार्यक्रममा सहभागी भई घर फर्किएका धनुषाको सबैला नगरपालिका १० खरिहानी उमेश कापरमाथि खुकुरी प्रहार भएको थियो । उमेशलाई नेपाली काँग्रेस निकट कार्यकर्ता दाबी गरिएको हो ।
यो घटनाको पहिलो समाचार
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…