मालपोतका नासु १० हजार घुस सहित रँगेहात पक्राउ
पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन् ।

२०७५ माघ १९ शनिबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

जलेश्वर, १९ माघ । मालपोत कार्यालय महोत्तरीका नासु १० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
कार्यालयका नायब सुब्बा ढकबहादुर कार्कीलाई सेवाग्राहीबाट लिएको १० हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शनिवार पक्राउ गरेका हुन ।
शनिवार दिउँसो महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट उनलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ । अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गर्न बापत नासु कार्कीले एक सेवाग्राहीबाट १० हजार रुपैयाँ लिएको र आयोगले पूर्व सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो ।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐन अन्तर्गत कार्वाही प्रक्रिया अगाडी बढाउने जनाएको छ । पक्राउ परेका नासु कार्की उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १७ का स्थायी बासिन्दा हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…