राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको लागि मधेशबाट 'महासेठ' छनौट
नेपालगंज, १६ माघ । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको लागि यस सत्रमा मधेशबाट अनिल महासेठ छनौट हुन सफल भएका छन् । काठमाडौँ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक

२०७५ माघ १७ बिहीबार, दिउँसो २:४६ बजे२ मिनेट पढाइ

नेपालगंज, १६ माघ । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको लागि यस सत्रमा मधेशबाट अनिल महासेठ छनौट हुन सफल भएका छन् ।
काठमाडौँ स्थित लिडरशिप एकेडेमी र अमेरिका स्थित यूनिवर्सिटी अफ सान डिएगो क्रक स्कुल र इन्स्टिच्युट फर पिस एंड जस्टिस को संयुक्त आयोजनामा संचालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम को दोस्रो शैक्षिक सत्रको लागि प्रदेश नम्बर २ को जिल्ला सिरहाबाट अनिल महासेठ छनौट भएका छन् ।
राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले भबिस्यमा देशकै नेतृत्व गर्न सक्ने युवा नेता(नेत्री तैयार गर्न सक्ने अपेक्षा लिँदै महासेठले यस कार्यक्रमका बिशेसज्ञ, स्थापित राजनीतिज्ञ विज्ञको अनुभव, मार्गदर्शन , सहयोग तथा सिफारिसले युवा नेताहरुलाई छोटो समयमा मुलधारमा पुग्नलाई उत्प्रेरकको काम गर्न सक्ने विश्वास समेत व्यक्त गरे ।
छनौट भएपछि महासेठले भने, - "कार्यक्रमको शिर्षकले नै मलाई यसमा आकर्षित गरेको हो१ अध्ययनका दौरान हुने अन्तरक्रिया , अनुभब आदान प्रदान तथा अग्रजहरुबाट प्राप्त हुने मार्गदर्शनले नेतृत्व क्षमता को बिकाश भएको महशुश गरेको छु ।"
युवा नेतृत्वमा प्रतिस्पर्धा गर्नका लागि आत्मबिश्वाशको कमि रहेको औल्याउँदै यस्तो कार्यक्रमले आत्मबिश्वाश वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने थपे । "यस कार्यक्रम बाट अरु को विचार सुन्ने , अर्को क्षेत्रको ज्ञान हासिल गर्ने,हरेक कुरालाई बृहत र सकारात्मक रुपले हेर्ने मौका मिलेको छ । आरोप प्रत्यारोप मात्र होइन , अरुको पनि विचार सुन्ने तथा सहि लाई सहि र गलत लाई गलत भन्ने क्षमताको बिकाश भएको महसुस गरेको छु । -" उनले भने ।
देशका जटिल तथा चुनौतिपूर्ण समस्या समाधानमा यस कार्यक्रमले तैयार गरेका बिशेष समुहको अहम भूमिका हुन् जाने भन्दै समुहले स्थानिय देखि राष्ट्रिय सरकार र सरोकारबालाहरु संग सहकार्य गरि उदाहरणीय कार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
को हुन अनिल महासेठ ?
अनिल महासेठ बिधार्थी जिबन देखि नै सामाजिक तथा राजनीतिक काममा सक्रिय हुनु हुन्छ १ उहाले स्थानिय स्तरमा युवा , बिधार्थी तथा विभिन्न संघ संस्थाहरु संग काम गरि रहनु भएको । उहा तत्कालिन सद्भावना पार्टी को केन्द्रीय बर्गीय मंच को सदस्य सचिब हुदै हाल नेपाल को तेस्रो ठुलो पार्टी राष्ट्रिय जनता पार्टी नेपाल को केन्द्रीय सदस्य हुनु हुन्छ ।
साथै ऊहा नेपाल(भारत खुल्ला सिमा सम्बाद समुहका सक्रिय सदस्यको जिम्मेबारी मा पनि हुनु हुन्छ १ राजनीति र सामाजिक सेवाका साथै राजनीति ब्यबस्थापन र चुनाबी ब्यबस्थापन मा पनि रुची राख्नु हुन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…