डा. सिके राउत १११ तथा राममनोहरको लास १४७ दिनदेखि हिरासतमै !
प्रहरी हिरासतमा मृत्यू भएका राम मनोहर यादवको परिवारसँग न्याय हुनुपर्ने माग समेत गरेका छन् ।

२०७५ माघ १२ शनिबार, बेलुकी ७:०३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत विगत १ सय ११ दिनदेखि प्रहरी हिरासतमा रहेका छन् ।
राज्य विप्लवको मुद्दामा उनलाई गत असोज २१ गते मधेशको रौतहटबाट पक्राउ गरी हिरासतमा राखिएको हो । स्वतन्त्र मधेश गठबन्धनकै नेता राम मनोहर यादवको लास समेत अस्पतालमै विगत १ सय ४७ दिनदेखि हिरासतमै राखिएको हो ।
खाडी मूलूकमा बस्दै आएका डा. सिके राउतका समर्थकहरुलाई शनिबार धनुषाको औरही गाउँपालिका वडा नं. ५ हरुसाहामा गरिएको स्वागत कार्यक्रममा उनीहरुले डा. राउतको रिहाईको माग गरे । उनीहरुले प्रहरी हिरासतमा मृत्यू भएका राम मनोहर यादवको परिवारसँग न्याय हुनुपर्ने माग समेत गरेका छन् ।
शनिबार दिउँसो खाडी मूलुकबाट आएका राकेश मैथिल र प्रेम यादवलाई हरुसाहामा स्वागत गरिएको हो । स्वराज ग्राम कमिटिका अध्यक्ष किलेश मण्डलको अध्यक्षतामा गरिएको स्वागत समारोहमा बोल्दै स्वराजी राकेश मैथिलले डा. राउतलाई गैर कानुनी रुपले थुनुवामा राखिएको भन्दै रिहाईको माग गरे । सो कार्यक्रममा डा. राउतका समर्थकहरु सहित स्थानीय युवा, स्वराजीहरुको उपस्थिति रहेको थियो ।
गैर आवासीय मधेशी संघका सदस्य समेत रहेका राकेश मैथिल र प्रेम यादवले राम मनोहर यादवसँग अन्याय भएको आरोप लगाए । विगत १ सय ४७ दिनदेखि उनको शवलाई काठमान्डौँको महाराजगँज स्थित रहेको शिक्षण अस्पतालमा राखिएको हो ।
राम मनोहर यादवको परिवारलाई प्रहरीले समेत यातना दिँदै गरेकोप्रति आपत्ति जनाउँदै सरकारले डा. राउतलाई गैर न्यायकि तरिकाले हिरासतमा राखेको आरोप लगाए । सो कार्यक्रममा मैथिलले भने, कुनै पनि लक्ष्य प्राप्तीको लागि मनैदेखि लाग्नुपर्ने हुन्छ र हामी तन, मन धनले चालेको कदमलाई कसैले रोक्न सक्दैन यसमा विस्वस्त हुनुस् ।
डा. राउतलाई गत असोज २१ गते राज्य विरुद्धको विप्लव मुद्दामा करिब ४ महिनादेखि हिरासतमा राखिएको छ । त्यही मुद्दामा डा. राउतलाई सर्वोच्च अदालतले सफाई पनि यसअघि दिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…