शोकमा मधेशका मुख्यमन्त्री !
धनुषा बल्टियाकै ६० वर्षकी केशम कुमर रहेका छन् ।

२०७५ माघ १२ शनिबार, बिहान ९:३९ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १२ माघ । शुक्रबार साँझ प्रदेश नं. २ को धनुषामा भएको करेन्ट घटनाप्रति मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतले शोक व्यक्त गरेका छन् ।
शुक्रबार साँझ करिब ७ ३० बजे धनुषाको सबैला नगरपालिका वडा नं. ८ बल्टिया कोठियामा जन्ती बोकेको बसमा ११ हजार भोल्टको तार छोएपछि ठुलो जनधनको क्षति भएको थियो । शनिबार विहान मुख्यमन्त्री राउतले शोक सन्देश जारी गरेका छन् ।
शोक सन्देशमा भनिएको छ, - "सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट जन्ती आउँदै गरेको बेला धनुषा जिल्लाको सबैला नगरपालिकामा मिति २०७५ १० ११ गते राति करेन्ट लागेर मृत्यू भएका ६ जना मृतकको परिवारप्रति हादिक संवेदना व्यक्त गर्दै मृतकहरुको आत्माको चीर शान्तीको कामना गर्दछौं । साथै घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।"
धनुषा प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु हुनेहरुमा सिन्धुली दुधौली–९का ९ वर्षिय आक्रोस कुमार, सोहि ठाँउ बस्ने वर्ष २० की पुजा अधिकारी, वर्ष १७ की लिला अधिकारी, १० वर्षका सुरज अधिकारी र ४५ वर्षिय रामबाबु अधिकारी रहेका छन् भने धनुषा बल्टियाकै ६० वर्षकी केशम कुमर रहेका छन् ।
यस घटनाका समाचारहरु पढनुहोस् ।
दुःखद घटना : धनुषामा जन्ती (बाराती) बोकेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यू !!!
करेन्ट अपडेट : ११ हजार भोल्टको करेन्ट लाग्दा यसरी छटपटाउँदै जले यी ६ जना !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…