मधेशमा आजदेखि 'एक शहिद परिवार एक रोजगार योजना' लागू घोषणा !
शहिदहरुप्रति श्रद्धाञ्जली तथा नमन हामी पनि गर्दछौँ ।

२०७५ माघ ५ शनिबार, दिउँसो २:३० बजे१ मिनेट पढाइ

विनय यादव, ५ माघ । मधेश सरकारले मधेशी शहिद बलिदानी दिवसको अवसरमा एक शहिद परिवार, एक रोजगार योजना लागू भएको घोषणा गरिएको छ ।
प्रदेश नं. २ का महान्यायधिवक्ता दीपेन्द्र झाले बलिदानी दिवसको अवसरमा लहानमा आयोजना गरिएको शहिद परिवार सम्मान तथा शहिदको श्रद्धाञ्जली कार्यक्रमको दौरान मधेश आन्दोलनको क्रममा सहादत दिएका परिवारबाट एक जनालाई रोजगारी दिने योजना विधिवत रुपमा लागू भएको घोषणा गरेका हुन् ।
मधेशका प्रथम सहिद रमेश महतोको बलिदानी दिवसको अवसरमा प्रदेशका महान्यायधिवक्ता झाले मधेश आन्दोलनमा उनीहरुको भूमिका अवस्मिरणीय रहेको भन्दै सहादत दिएका शहिद परिवारलाई रोजगारीको नियुक्ती प्रदान गर्दै सम्मान समेत गरिएको हो ।
मधेश आन्दोलनको क्रममा सयौँ व्यक्तिले आफ्नो ज्यानको आहुति दिएका हुन् । संघीयता आएपछि लागू भएको प्रदेशको मुख्यमन्त्री मो. लालबाबू राउतको पालामा सहिदको परिवारले न्याय पाएको महसुस गरिएको छ । यसअघि पनि मुख्यमन्त्री राउतले विभिन्न ठाउँका शहिद परिवारलाई मुख्यमन्त्री कार्यालय लगायत प्रदेश सरकारको मन्त्रालयमा रोजगारी दिएका हुन् ।
मधेश र मधेशीको अधिकारको लागि भएको आन्दोलनमा सहादत दिएका सहिदहरुप्रति सहभागीहरुले गर्व महसुस गरेको थियोे । शहिदहरुप्रति श्रद्धाञ्जली तथा नमन हामी पनि गर्दछौँ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…