दर्दनाक : सुनसरीमा बाईक सहित डुबेको अवस्थामा शव फेला !
बाईक सहित पानी डुबेको अबस्थामा प्रहरीले बिहान शव भेटेको थियो ।

२०७५ माघ ३ बिहीबार, बिहान ११:३७ बजे१ मिनेट पढाइ

सुनसरी, ३ माघ । सुनसरीको दुहबीमा मोेटरसाईकल (बाईक) सहित डुबेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
जिल्लाको दुहबी नगरपालिका वडा नं. १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका वडा नं. ५ का अन्दाजी ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्बरको बाईक सहित पानी डुबेको अबस्थामा प्रहरीले बिहान शव भेटेको थियो ।
इलाका प्रहरी कार्यालय दुहबीले भेटिएको शव मापसे सेवन गरी अनियन्त्रित भई नहरमा खसेको हुन सक्ने अनुमान गरेको छ । शवलाई पानीबाट निकालेर अनुसन्धान शुरु गरेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामनारायण माझिले बताए।
घटनाको प्रकृति हेर्दा अनियन्त्रीत भएर नहरमा मोटरसाईकल झरेको तथा मोटरसाईकलको वजन भारी भएकोले पानीभित्रै साँस लिन नसक्दा उनको डुबेर मृत्यू भएको हुन सक्ने अनुमान छ ।
शव लाई पोस्टमार्टमको लागि ईनरुवा जिल्ला अस्पताल पठाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…