मधेशकी बेटी अब 'लखपति'
‘महादेवा गाउँपालिकासहित प्रदेश २ का आठ जिल्लाका आठ वटा स्थानीय तहबाट बीमा गर्ने कार्य सुरु गरिएको हो ।’

२०७५ माघ २ बुधबार, बिहान ९:१६ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २ माघ । मधेशका मुख्यमन्त्री मो. लालबाबू राउतको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत माघ १ गतेदेखि बेटी लखपति कार्यक्रम पनि सुरु भएको छ ।
मुख्यमन्त्री राउतको पूर्व घोषित कार्यक्रम अनुसार मधेशको ८ जिल्लाको विभिन्न स्थानीय तहमा माघ १ गतेदेखि लागू हुने गरी अब जन्मिने बालिकाको जीवन बीमा प्रदेश सरकारले गरिदिने घोषणा गरिएको हो ।
राउतले प्रदेश सरकारको घोषित कार्यक्रम अनुसार माघ १ गतेदेखि जन्मिने बेटीका लागि १ लाखको बीमा योजना लागु भएको बताए । सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका–४ कुशहामा मङ्गलवार आयोजना गरिएको माघी महोत्सव २०७५ को उद्घाटनगर्दै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश २ मा जन्मिने वितिकै बेटीहरु लाखपति हुनेछ ।’
‘सप्तरी जिल्लाको महादेवा गाउँपालिकाबाट बीमा गर्ने कार्य सुरु भएको छ’ राउतले भने, ‘महादेवा गाउँपालिकासहित प्रदेश २ का आठ जिल्लाका आठ वटा स्थानीय तहबाट बीमा गर्ने कार्य सुरु गरिएको हो ।’
बेटी बीमा कार्यक्रम पहिलो चरणमा विरगञ्ज महानगरपालिका, बाराको सुवर्ण गाउँपालिका, रौतहटको यमुना माइ नगरपालिका, सर्लाहीको पर्सा गाउँपालिका, महोत्तरीको एकडारा गाउँपालिका, धनुषाको कमला नगरपालिका, सिरहाको औरही गाउँपालिका र सप्तरीको महादेवा गाउँपालिकामा बीमा गर्ने कार्य सुरु गरिएको मुख्यमन्त्री राउतले जनाए ।
अब जन्मिने प्रदेशका सवै छोरीहरुको बीमा गरेर छोरीलाई पनि छोरा सरह सक्षम र सवल बनाउन एवं छोरीप्रति रहेको सोच परिवर्तन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए । प्रदेश २ मा महिला सुरक्षाका लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताए ।
बेटी बीमा सम्बन्धि अन्य समाचारहरु
अब जन्मिने बालिकाको बीमा मधेश सरकारले गरिदिने
मधेशकी छोरीहरु अब 'लखपति' भएर जन्मीनेछिन् : मुख्यमन्त्री राउत
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…