जनकपुरमा मोनाष्टिक स्कूलका जन्मदाता डा. मिथिलेशको शालिक
जनकपुरधाम, २७ पुस । प्रदेश नं. २ मै उत्कृष्ट विद्यालयको रुपमा स्थापित जनकपुरधामको मोनाष्टिक स्कूलका जन्मदाता (सँस्थापक) स्वः डा. मिथिलेशको शालिक अनावरण गरिएको छ । डा. साहको पाँचौ स्मृति दिवसको अवसर पारेर उनका पुत्र एवम् मोनाष्टिक विद्यालयका वर्तमान प्रबन्धक निर्देशक समेत रहेका डा. सोनु कुमार साहले उ

२०७५ पुस २७ शुक्रबार, राति १०:०४ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २७ पुस । प्रदेश नं. २ मै उत्कृष्ट विद्यालयको रुपमा स्थापित जनकपुरधामको मोनाष्टिक स्कूलका जन्मदाता (सँस्थापक) स्वः डा. मिथिलेशको शालिक अनावरण गरिएको छ ।
डा. साहको पाँचौ स्मृति दिवसको अवसर पारेर उनका पुत्र एवम् मोनाष्टिक विद्यालयका वर्तमान प्रबन्धक निर्देशक समेत रहेका डा. सोनु कुमार साहले उनको शालिक सम्मान र स्मृति स्वरुप स्थापना गरेका हुन् ।
वि.स. २०१७ सालमा जन्मेका डा. मिथिलेश साहको गत वि.स. २०७० साल पुस २७ गते आजकै दिन स्वर्गवास भएको पाँचौ स्मृतिमा उनको शालिक विद्यालय परिसरमै स्थापना गरिएको प्रबन्धक निर्देशक डा.सोनु कुमारले जानकारी दिए ।
जनकपुरधाम तथा आसपासका क्षेत्रका बालबालिकाहरुलाई अँग्रेजी शिक्षाको माध्यमबाट शिक्षित तुल्याउनमा मोनाष्टिक स्कूलले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनका पुत्र डा.सोनु कुमारले शालिक अगाडी नमन गरेका थिए ।
सो शालीक अनावरण कार्यक्रममा प्रमुख आतिथिको आसनबाट बोल्दै जनकपुरधाम उप महानगरपालिका मेयर लालकिशोर साहले विद्यालयका सँस्थापक तथा उनका बुवा डा. मिथिलेशले आफ्नो संघर्ष, त्याग र उत्सर्गले विद्यालयलाई ठुलो उचाईमा पुरयाएको भन्दै उनको योग्दानलाई अविस्मरणीय बताए ।
स्वर्गीय डा. मिथिलेश साहलाई मेयर साहले होनहार, कर्मठ र साहसी व्यक्तित्वको संज्ञा दिदै जनकपुरधाममा स्थापना गरेको विद्याको मन्दिरलाई यसरी नै उचाईमा राख्नुको साथै झन उचाईमा पुरयाउने जिम्मेवारी उनका सुपुत्र डा. सोनु कुमारको काँधमा थपिएको औल्याए ।
शालिक अनावरण कार्यक्रममा डा. मिथिलेशकी श्रीमति विणा देवी , सुपुत्रीद्धय डा. सोनाली साह र डा. तेजश्विनी तथा बुहारी डा. शिखा साह सहित विद्यालयका शिक्षक शिक्षिका, शुभचिन्तक, विद्यार्थीगणहरुको समेत उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको दौरान असहायहरुलाई विद्यालयको तर्फबाट डा. मिथिलेशको स्मृतिको अवसरमा कम्बल समेत वितरण गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…