धनुषाका एक हेडमास्टरलाई विद्यालयको हिसाब सुनेरै 'हर्ट अट्याक' !
प्रअ मण्डललाई हृदयघातको बारेमा आफूलाई जानकारी नभएको : झा

२०७५ पुस २६ बिहीबार, बिहान १०:५७ बजे३ मिनेट पढाइ

जनकपुरधाम, २६ पुस । धनुषामा एक समुदायिक विद्यालयका प्रधानाध्यापक( हेडमास्टर) लाई विद्यालयको हरहिसाब सुनेर हर्ट अट्याक भएको बुझिएको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. २ स्थित रहेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय मण्डल भनिने विरु मण्डललाई बुधबार विद्यालयको हर हिसाब माग गर्दा उनको परिवारजनले उनलाई सन्चो नभएको बताएका थिए ।
नेपाली काँग्रेसका स्थानीय नेता कमलकान्त झाको नेतृत्वमा गत पुस ९ गतेदेखि नै विद्यालयको हर हिसाब पार्दर्शी गर्नुपर्ने माग सहित निरन्तर धर्नामा बस्दै आएको थियो । त्यस उपर पहल गर्दै पुस १२ गते उनको हाजिरी रोक्का गर्दै पछि गरेको हाजिरीलाई लाल कलम समेत लगाइएको थियो ।
स्थानीय सरकारको हैसियतमा प्रधानाध्यापक मण्डल विरुद्ध ३ दिनपछि हाजिरी रोक्का गर्ने भनेर निवेदन दिएको तथा हाजिरी समेत काटेर त्यसपछि पनि नबुझेपछि गाउँपालिकामा ज्ञापन पत्र बुझाएको नेता झाले बताए ।
उनले भने, - 'हामीले समुदायिक विद्यालयको जीवन बचाउनको लागि विद्यालय बचाउ, प्रधानाध्यापक भगाउ, हर हिसाब सार्वजनिक गर जस्ता नारा सहित विगत १६ दिनदेखि निरन्तर संघर्षका कार्यक्रहरु गर्दै आएका थियौ । गत पुस १२ गते सम्बन्धित सबै निकायमा समेत ज्ञापन पत्र बुझायौ र झण्डै एक सातापछि गत पुस १६ गते गाउँपालिकाले वार्ताको लागि बोलायो ।'
हर हिसाब पार्दर्शी गर्नको लागि टोली गठन गरिएको जनाउँदै नेता झाले गाउँपालिकाका पदाधिकारी सहित राजनीतिक दलका प्रतिनीधि र विद्यालयका प्रतिनीधि सहित १७ सदस्यीय वार्ता टोली गठन समेत गरेको बताए ।
प्रधानाध्यापकसँग हरहिसाब लिनको लागि संवाद टोली समेत गठन गरेर प्रधानाध्यापक मण्डललाई ती संवादमा बोलाएर हरहिसाब पार्दर्शी गर्न भनेपछि विना आधारको खर्च मात्र देखाएर गएको आरोप लगाए ।
संवाद समितिका सहजकर्ताको लागि स्थानीय सँजय कर्णलाई राखिएको जनाइएको छ । पटक पटक प्रअ मण्डललाई बिल, भुक्तानी, भौचर, बही खाता लिएर आउन भनिएपनि कुनै न कुनै बहानामा भाग्दै गरेको आरोप लगाए । गत पुस २३ गते मात्र गाउँपालिका कार्यालयमा गएका प्रअ मण्डल उपर स्थानीय सर्वसाधारणहरु आक्रोसित भएर जाईलागेका बेला गाउँपालिका प्रमुख बद्री सिँहले उनलाई उत्ताबाट निकालेका थिए ।
गत पुस १८ गते नै वार्ताको लागि विद्यालयका प्रतिनीधि सहितको वृहत बैठक बोलाएर प्रअ मण्डलसँग हरहिसाबको बारेमा चर्चा चलेपछि उनीहरुबीच नै हिसाब नमिलेपछि वार्ता सफल हुन सकेको थिएनन् ।
त्यसपछि बसेको वार्तामा प्रअ मण्डलले विना आधारकै भवन निर्माणको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालय धनुषाले उपलब्ध गराएको २४ लाख रुपैयाँ, ढोका झयाल निर्माणको लागि करिब २६५ क्यूबिक फिटको सिसौको लकडी र पोखरी जिर्णेद्धारमा मात्र १० लाख लागेको मौखिक जानकारी दिएपछि वार्ता टोली आक्रोसित भएको थियो ।
प्रअ मण्डलले भवन निर्माणमै करिब ४२ लाखको मौखिक हिसाब भनेपनि आफूहरुले त्यसको बिल भपाई तथा सम्बन्धित कागजातहरु पेश गर्न भनेपछि असमर्थ भएका थिए । पोखरी जिर्णोद्धारको लागि समेत डोजरको बिल मागेपछि दिन अस्विकार गरेको र डोजर मालिकले आफूलाई मौखिक रुपमै कार्य गराएको बताएका थिए ।
एक दिनको समय मागेका प्रअ मण्डललाई पुस २५ गते उनलाई सम्पर्क गर्दा उनको परिवारजनले उनलाई विसन्चो भएको तथा अस्पतालमा भर्ना भएको जानकारी गराएको नेता झाले बताए ।
झाका अनुसार, जति पटक हिसाब गरेपनि कुनै बेला मण्डल उपर १० लाख, त कुनै बेला १५ लाख रुपैयाँ चढेपछि उनी अस्पताल भर्नाको बहाना गरेको हुन सक्ने बताए । प्रअ मण्डललाई हृदयघातको बारेमा आफूलाई जानकारी नभएको बताए ।
यता, प्रअ मण्डलसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…