जनकपुरमा फोरमको भेलामा अध्यक्षताको लागि विवाद
भेलामा ८ वटै जिल्लाका युवा संगठनका सदस्यहरुको सहभागीता

२०७५ पुस २२ आइतबार, दिउँसो ४:२५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २२ पुस । जनकपुरमा चलेको प्रदेश स्तरीय भेलामा अध्यक्षताको लागि विवाद भएपछि कार्यक्रम स्थगन गरियो ।
आईतबार जनकपुरको मालपोत कार्यालय नजिकै रहैको कृष्ण मन्दिर स्थित गोपाल सेवा समितिको सभाकक्षमा सुरुमै कार्यक्रमको अध्यक्षता गर्नको लागि विवाद भएपछि केही घण्टाको लागि ती प्रदेश स्तरीय युवा भेला स्थगित गरिएको थियो ।
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन समाजवादी युवा फोरमको मधेश प्रदेश स्तरीय युवा भेलाको लागि नेता योगेन्द्र राय यादवले युवाहरुको संगठन भएकोले युवालाई नै कार्यक्रमको अध्यक्षता दिनुपर्ने माग गरेका थिए भने पार्टीकै एक अन्य (नाम नखुलेको ) नेताले आफूलाई अध्यक्षता दिनुपर्ने माग गरेपछि अध्यक्षताकै लागि विवाद बढेको हो ।
समाजवादी युवा फोरम , नेपाल मधेस प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय भेलाको लागि रेणु यादव, प्रदेश साँसद योगेन्द्र राय यादव र राम अशिष यादवले प्रमुख अतिथिको आसनको लागि उपस्थित भएका थिए । केही घण्टापछि उक्त कार्यक्रम सुरु भएको थियो ।
फोरम पार्टीको अधिबेशनलाई मध्यनजर गर्दै पार्टीको भातु संगठन विस्तार कार्यक्रमलाई तीव्रता दिइएको छ । भेलामा ८ वटै जिल्लाका युवा संगठनका सदस्यहरुको सहभागीता रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…