धनुषामा मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ठहरै !
फरार चालकको खोजी कार्यमा तिव्रता

२०७५ पुस १९ बिहीबार, बिहान ८:५१ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १९ पुस । धनुषामा मोटरसाईकलले ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यू भएको छ ।
धनुषाको मुखियापट्टी मुसरनीय गाउँपालिका वडा नं. १ स्थित बुधबार राती करिब ८ः१५ बजेको समयमा स्थानीय वर्ष ६० का राम अशिष यादवलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मुखियापट्टी वडा नंं. १ स्थित बाटोमा जाँदै गरेको यादवलाई पछाडीबाट गएको ज ११ प ३८८५ नम्बरको मोटरसाईकलले ठक्कर दिएपछि उनको तत्कालै घटनास्थलमै मृत्यू भएको थियो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ठक्कर दिने मोटरसाईकल चालकको पहिचान भईसकेको तथा अहिले फरार रहेको छ । ठक्कर दिने व्यक्ति पनि त्यही गाउँकै रहेकोले मोटरसाईकलको नम्बर अनुसार खोज तलास गर्दा उनको पहिचान भईसकेको जनाइएको छ ।
ठक्करपछि मृतक यादवको शव क्षतविक्षत भएको छ भने उनको शव पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । फरार चालकको खोजी कार्यमा तिव्रता दिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…