दुर्गममा फोन र विद्युत् पुरयाउन पहल
इलाम, २८ मंसिर : नेकपा ९एमाले०का नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ । फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कम

२०७४ मंसिर २८ बिहीबार, राति ९:३४ बजे१ मिनेट पढाइ

इलाम, २८ मंसिर : नेकपा ९एमाले०का नेता सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ ।
फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा पूर्वसभामुख नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कमजोर हुँदैनन्, शान्ति र प्रजातन्त्रका लागि फेरि जनताले लडाइँ गर्नुपर्दैन ।”
सबै जाति, भाषा, धर्म र संस्कृतिका जनताका लागि जनतामैत्री संविधान बनेको उल्लेख गर्दै नवनिर्वाचित सांसद नेम्वाङले देशलाई स्थिरता र आर्थिक समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी दल र जनप्रतिनिधिमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौंँ, हामी दूरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन पहल र प्रयासरत छौँ ।”
समानुपातिकमा एमाले पहिलो
समानुपातिकतर्फ एमाले पहिलो भएको छ । अन्तिम नतिजानुसार एमालेले ६१ हजार ६३०, नेपाली काँग्रेसले ४२ हजार ३९२ र नेकपा९माओवादी केन्द्र०ले सात हजार २२६ मत प्राप्त गरेका छन् ।
यहाँ दुई लाख चार हजार ४६ मतदाता थिए । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा रहेको इलामका सबै स्थानमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…