धनुषाका यी व्यक्ति मलेसियाबाट १४ लाख रुपैयाँ लिएर फरार
त्यत्रो रकम ब्याजमा लगानी गरेका ती युवकको विच्चली

२०७५ पुस १५ आइतबार, बिहान ९:४९ बजे२ मिनेट पढाइ

मलेसिया, १५ पुस । वैदेशिक रोजगारीको क्रममा मलेसिया बस्दै आएका धनुषाका एक व्यक्ति कैयौँ युवकलाई चुना लगाएर भागेका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ तथा साबिक लक्ष्मीनिवास गाविस वडा नंं ४ चित्रपुर बस्ने अन्दाजी वर्ष ४५ का चक्र बहादुर रोक क्षेत्रीले मलेसियामा कामको शिलशिलामा बस्दै आएका कैयौँ नेपाली युवकको लाखौँ रकम लिएर फरार भएका छन् ।
मलेसियाको ग्राण्ड भेन्चर टेक्नालोजी एसडीएन बिएचडी मलेसियामा कार्यरत केही युवाहरुबाट ब्याजको नाममा ५० हजार ६०० सय मलेसियन रिँगेट अर्थात नेपाली १३ लाख ६६ हजार २०० रुपैयाँ लिएर भागेको त्यही कम्पनीमा कार्यरत पीडित स्मीथ रजकले न्यूज ब्यूरोसँग भने ।
कम्पनीमा कार्यरत युवाहरुबाट ब्याजको नाममा लिएर क्षेत्री पनि अन्यत्रै बढी ब्याजदरमा रकम लगानी गर्दै आएका थिए । अन्य युवकहरुबाट सस्तो दरमा ब्याजमा रकम उठाएर अन्य ठाउँमा त्यो भन्दा दोब्बर दरमा ब्याजमा लगाउने कार्य गर्दै आएका थिए । केही वर्ष विश्वास बनाएर एकै पटक छोरीको विहेको लागि पैसा चाहियो भनेर ५० हजार ६०० रुपैयाँ कर्जा लिएका थिए ।
त्यत्रो रकम ब्याजमा लगानी गरेका ती युवकहरुको विच्चली भएको छ ।
कम्पनीमा कार्यरत रामप्रताप साहको ८०००, सुजीत गुप्ताको ७०००, निरन्जन गुप्ताको ५०००, उपेन्द्र गुप्ताको २०००, सलिन अन्सारीको ५०००, समिरको ३५००, नेशारको ११००, प्रदीपको ४८०, सरोजको ५००, ऋषिको १२०००, प्रकाशको ३०००, बँगाली मुस्तफाको ५००० र नरेशको ५०० मलेसियन रुपैयाँ गरी जम्मा ५० हजार ६०० मलेसियन रुपैयाँ अर्थात कुल १३ लाख ६६ हजार २०० सय रुपैयाँ लिएर सम्पर्क विहिन भएका छन् ।
नागरिकतामा उनको नाम चक्र बहादुर रोक क्षेत्री तथा आमाको नामबाट नागरिकता बनेकोले उनको आमाको नाम सिवा देवी रोका क्षेत्री उल्लेख गरिएको छ । चक्र बहादुर नवयुवक अवस्थामै हुदाँ उनको वुवा भरत क्षेत्रीको मृत्यू भएको स्थानीय जीतेन्द्र प्रसाद सिँहले बताए ।
वि.सं. २०६२/०६३ कै मधेश आन्दोलनको क्रममा उनीहरु स परिवार अन्यत्रै बसाई सराई गरिसकेको जानकारी सिँहले दिए । उनका अनुसार, चक्र बहादुर युवा अवस्थादेखि नै विरगँज स्थित कुनै फ्याक्ट्रीमा कामकाज गर्दै आएका थिए भने उनको परिवारिक आर्थिक अवस्था कमजोर भएकोले गाउँका व्यक्तिहरुसँग ऋण लिएर कामकाज गर्दै आईरहेका थिए । चक्र बहादुर युवा अवस्थादेखि नै यस्ता कार्यमा चञ्चल स्वभावको रहेको सिँहले थपे । विरगँजमा पनि कार्यरत रहँदा त्यहाँ स्थित कैयौँ स्थानीयको रकम कर्जा लिएर भागेको स्थानीयहरु बताउँछन् ।
उनले भने, चक्र बहादुरको परिवार हाम्रै गाउँमा बस्दथ्यो । तर २०६२/६३ को मधेश आन्दोलनमै उननको परिवार पलायन भएर अन्यत्रै गइसकेको छ । चक्र बहादुर युवा अवस्थादेखि नै यस्ता कार्यमा माहिर थिए भनेर गाउँका बुढापाखाहरु भन्छन् । घरको अवस्था दयनीय भएकोले उनी विरगञ्ज तर्फ कुनै फ्याक्ट्रीमा काम गर्दै आएका थिए, शायद उत्तै तर्फ बसाईसराई गरी बसेको हुनुपर्छ तर यकिनका साथ भन्न सकिदैन अनुमान गर्न सकिन्छ ।
रकम लिएर भागेका चक्र बहादुरको नागरिकता नं. ८२९५८८६४ र पासपोर्ट (राहदानी) नं. ०७१६२२९० रहेको छ । उनको नागरिकतामा धनुषाको लक्ष्मीनिवास चित्रपुर ठेगाना भएपनि नागरिकतापछि उनी करिब १२ वर्ष अघि नै बसाई सराई गरेर अन्यत्रै पलायन भएका छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…