हड्पिएको बस्तीका दलितलाई आश्वासन मात्र, खै त कारवाही ?
सम्बन्धित निकायहरूबाट आश्वासन दिइएपनि कुनै कठोर कदम चालिएको देखिएको छैन ।

२०७५ पुस १४ शनिबार, बेलुकी ६:२५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ रमपुरामा किर्ते (नक्कली) कागजात बनाई हड्पिएको दलित बस्तीका पीडितलाई सम्बन्धित निकायबाट दिइएको आश्वासन मात्रै आश्वासनमै सिमित देखिएको छ ।
'किर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब !' भन्ने शिर्षकको समाचार न्यूज ब्यूरो लगायत विभिन्न संचार माध्यममा भाईरल बनेपछि बस्तीका पीडितहरुलाई सम्बन्धित निकायहरूबाट न्यायको आश्वासन दिइएपनि हालसम्म कहिकतैबाट कुनै ठोस कदम देखिएको छैन ।
सम्बन्धित निकायहरूको आश्वासन मात्रै आश्वासनमै सिमित भएपछि बस्तीका पीडितहरु खिन्नता प्रकट गरेका छन् । न्यायको आशा बोकेर न्यायालय गुहारिरहेका उनीहरू उपर कुनै गम्भीर कदम नचालिएको पीडितहरुले दुखेसो पोखेका छन् ।
जग्गा धनीलाई पैसा तिरेर झण्डै करिब ९० वर्ष (३ पुस्ता) देखि बसोबास गर्दै आएका मिर्चैया ९ रमपुरा महरा टोलका सिँगो दलित बस्ती नै स्थानीय कमल भन्ने भरत यादवले कब्जा गरेका छन् । १५ बढी घरपरिवार बसोबास गर्दै आएका दलित बस्तीका ७ कठ्ठा १० धुर जमिन किर्ते (नक्कली) कागजात बनाएर हड्पेका हुन् ।
बस्तीका दलितहरुलाई अहिले रकम तिरेर नामसारी गराउन र रकम नतिरे बस्ती नै खाली गर्न दबाब दिँदै आइएको छ । उनीहरुले २०२४ सालमा नै जग्गाको पैसा तिरेर जग्गा किनेपनि आजभोलि गर्दागर्दै जग्गा धनीको मृत्यू भएपछि जग्गा पास भएको छैन ।
पछि उनीहरु कानुन सम्बत जग्गा नामसारी प्रक्रियामा जान खोजेपनि स्थानीय कमल भन्ने भरत यादवले किर्ते गरी २०७० साल ६ महिना १० गतेमा आफ्नो नाममा रजिष्ट्रेशन पास गराई सकेका छन् । जग्गा धनीको करिब ४० वर्षअघि नै मृत्यू भइसकेको भएपनि मात्रै २०७० सालमा सिधै जग्गा धनीको नामबाट कमल भन्ने भरत यादवको नाममा जग्गा पास भएको हो । अहिले उक्त जग्गा उनले आफ्नो फुपूको छोरा रामपरिक्षण यादवको नाम पास गरिदिएका छन् ।
सिँगो बस्ती नै हड्पेका कमल यादवले अहिले उनीहरूलाई बस्ती खाली गर्न दबाब बनाएपछि उनीहरू बिचल्ली तथा त्रासमा परेका छन् । न्यायको आशा बोकेर उनीहरु अहिले विभिन्न सरकारी निकायहरूसँग गुहार लगाइरहेका छन् । तर, हालसम्म उनीहरू उपर भने कुनै कठोर कदम चालिएको देखिएको छैन ।
यस प्रकरणका अन्य समाचारहरु पनि पढनुहोस् ।
बेचिएको दलित बस्तीमा पुगे मधेश सरकार
किर्ते कागजात बनाई सिँगो दलित बस्ती नै कब्जा, खाली गर्न दबाब !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…