सरकारी कर्मचारी समायोजनप्रति मेयर मण्डलको आक्रोस
हचुवाकै भरमा कर्मचारी समायोजन विद्येयक ल्याएको

२०७५ पुस १३ शुक्रबार, बिहान ८:५४ बजे२ मिनेट पढाइ

विनय कु. यादव, धनुषा, १३ पुस । सरकारले स्थानीय तहमा सरकारी कर्मचारी समायोजनको लागि ल्याएको विद्येयकप्रति धनुषाधामका मेयरले आक्रोस पोखेका छन् ।
धनुषाको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा निजामति तथा अन्य सेवाका कर्मचारीलाई हालसम्म समायोजन नै गर्न नसकेपनि समायोजनको लागि सरकारले ल्याएको विद्येयकले कर्मचारीको मनोबल दबाउन खोजिएको आरोप लगाएका छन् ।
स्थानीय निकाय जनप्रतिनीधि विहिन रहेको अवस्थामा देशलाई डोरयाएको र दोहोरो जिम्मेवारी बहन गरेको गौरवशाली इतिहास बोकेको कर्मचारीतन्त्रलाई देशको बदलिँदो परिवेश अनुसार सफल व्यवस्थापन अति आवश्यक भएको बेला त्यसकै मौका छोपी व्यवस्थापनको नाउँमा वैकल्पिक मार्गबाट अध्यादेश ल्याई कर्मचारी समायोजना २०७४ लाई प्रतिस्थापन गरिनु र सो अध्यादेशको बारेमा कर्मचारीहरुबाट नकारात्मक धारणा टिप्पणी आउनुले यसको सहज अवतरण नहुने दाबी मेयर मण्डलले गरेका छन् ।
'धोक्याएरु पठाएको कर्मचारी झोक्याएर बस्ने' र नयाँ संरचनालाई आवश्यकता अनुरुपको विकासको गति दिन नसक्ने भएकोले कर्मचारीहरुको परिभाषित वृद्धि, विकास, चक्रिय सरुवा प्रणाली लगायतका जायज मागहरुको सम्बोधन गरी उच्च मनोबल उत्प्रेरित हुने वातावरण मिलाई संविधान बमोजिम समायोजन गर्न सरोकारबाला पक्षलाई अनुरोध गर्दै मेयर मण्डलले हचुवाको भरमा कर्मचारी समायोजन विद्येयक नल्याई सरोकारबालाहरु सहित कर्मचारीहरुसँगको वृहत छलफलबाट कर्मचारीलाई प्रोत्साहित गरी पठाउने व्यवस्थाको लागि अपिल समेत गरेका छन् ।
न्यूज ब्यूरोसँग शुक्रबार विहान कुराकानी गर्दै मेयर मण्डलले भने, -'सरकारले विना छलफल र हचुवाकै भरमा कर्मचारी समायोजन विद्येयक ल्याएको छ । जो अमान्य हुनेछ । कुनै पनि स्थानीय तहमा कर्मचारीलाई निरुत्साहित हुने गरी होईन प्रोत्साहित हुने गरी पठाउनुपर्छ । जो कर्मचारी स्थानीय तहको लागि पठाउनेछ त्यो कर्मचारी मात्र स्थानीय तहको लागि मान्य हुने जस्ता विद्येयक कतिको उचीत छ र ? कोही अधिकृत तह, कोइ व्यवस्थापन तहका कर्मचारीले जहाँ पनि त्यो तह पाउन सक्छ । तर सरकारले ल्याउने गरेको विद्येयकमा एक पटक स्थानीय तहमा आईसकेपछि उनीहरुलाई जहिले पनि स्थानीय तहको लागि काम गर्नुपर्ने हुन्छ । यो त कर्मचारीलाई निरास पार्ने र कर्मचारी उपर अन्याय जस्तै भयो । उनीहरुलाई स सम्मान सहित स्वतन्त्रता हुनुपर्ने मेरो धारणा छ ।'
मेयर मण्डलले राजनीतिज्ञ र कर्मचारी एक अर्कोको परिपूरक भएर मात्र विकास सम्भव हुने भएकोले एक स्थानीय सरकारको प्रमुखको हैसियतमा समायोजनमा आएका कर्मचारीहरु उच्च मनोबल र उत्प्रेरणा सहित आउने आसाका साथ स्वागत गर्न तत्पर रहेको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…