जेलमा रहेका रेशम चौधरीको सपथ ग्रहण हुने प्रधानमन्त्री ओलीको आश्वासन
आज प्रधानमन्त्रीले राजपा नेताहरुलाई भेटवार्तामा बोलाएका थिए

२०७५ पुस १० मंगलबार, बेलुकी ६:१८ बजे१ मिनेट पढाइ

काठमान्डौँ, १० पुस । मँगलबार मधेसवादी दल र प्रधानमन्त्रीबीच चलेको बैठकबाट प्रतिनीधि सभा चुनावमा भारी मतले विजयी भएपनि जेलमा रहेका राजपाका साँसद रेशम चौधरीलाई सपथ ग्रहण गराउने आश्वास दिइएको बताइएको छ ।
प्रधानमन्त्री र राजपा नेताहरुबीच भेटवार्ता मँग्लबार अपरान्ह सकिएको छ। वार्तामा प्रधानमन्त्रीले राजपा नेताहरुको चासोको विषयलाई एक साताभित्रै अघि बढाउने प्रतिबद्धता जनाएको राजपा नेताहरुले प्रतिक्रिया दिएका छन्।
'आइस ब्रेक भयो'- राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले बताए। संविधान संशोधन, आफ्ना कार्यकर्तामाथि लगाइएका मुदा फिर्ता तथा बन्दीहरुको रिहाइ, सांसद रेशम चौधरीको शपथ ग्रहण, छानबिन आयोगको प्रतिवेदन सार्वजनिक लगायतको विषयहरु राजपा नेताहरुले प्रधानमन्त्रीसँग राखेका थिए।
उहाँले हाम्रा विषयमा सकारात्मक प्रतिक्रिया दिनुभयोु, भण्डारीले भने, - 'उहाँ हाम्रो चासोमा सकारात्मक हुनुहुन्छ भन्ने हामीले पनि महसुस गर्यौं।' फेरि भेटेर कुराकानी अगाडि बढाउने सहमति भएको उनले जानकारी दिए। 'त्यो भेटमा कसरी अगाडि बढ्ने भन्ने निर्क्यौल हुन्छु, उनले भने- जपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला आज प्रधानमन्त्रीले राजपा नेताहरुलाई भेटवार्तामा बोलाएका थिए।'
राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्रीसँग यो पहिलो भेटवार्ता हो।
दसैंअघि राजपा अध्यक्ष मण्डलका केही नेताले प्रधानमन्त्रीलाई भेटेर आफ्नो माग पूरा गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिए पनि संविधान संशोधन भने हुन सकेको छैन।
लाईभनेपाल डटकमको सहयोगमा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…