सेना र कान्छो मेयरको जुगलबन्दीले नगरवासीलाई निःशूल्क सेवा
यस्ता कार्यक्रमले नेपाली सेनाप्रतिको लगाव बढेर जाने विश्वास

२०७५ पुस ९ सोमबार, राति ८:५१ बजे२ मिनेट पढाइ

जनकपुरधाम, ९ पुस । चर्चामा रहेका धनुषा शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया –यादव) र नेपाली सेनाको जुगलबन्दीले शहिदनगरवासी निःशूल्क सेवा प्राप्त गरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नंं ३ यदुकूहा स्थित रहेको आँखा अस्पतालमा नेपाली सेना र कान्छो मेयर बरबरियाले राखेको छुट्टाछुट्टै निःशूल्क शिविरबाट सयौँ सर्वसाधारण प्रत्यक्ष लाभ पाएका छन् । कान्छो मेयर बरबरियाले ३ दिन निःशूल्क आँखा शिविरमा सहयोग र समन्वय गरी नगरका जनताहरुलाई मोतियाविन्दुको अपरेशन खर्च तिरका छन् भने नेपाली सेनाले त्यही ठाउँमा नगरपालिकासँग समन्वय गर्दै सयौँ सर्वसाधारणहरुलाई निःशूल्क स्वास्थ्य चेकजाँच सहित औषधी समेत निःशूल्क वितरण गरेका छन् ।
आँखा शिविरको क्रममा नगरपालिका भित्रका जनतामा देखिएको मोतियाविन्दु विरामीलाई सोमबार र मँगलबार अपरेशनको कार्यक्रम तय गरिए अनुसार सोमबार ६२ जनालाई अपरेशन गरिएको हो । नगरभित्र मात्र करिब ४ सय ५० जनाको हाराहारीमा मोतियाविन्दुका विरामी रहेका छन् ।

अन्य ठाउँका सर्वसाधारणहरुले पनि प्रत्यक्ष फाईदा उठाउँदै मोतियाविन्दुको अपरेशन गराएका हुन् । मँगलबार बाँकी रहेका विरामीलाई अपरेशन गरिने जनाइएको छ । नगर बाहिरबाट १० जनालाई अपरेशन गरिएको छ ।
यता, नेपाली सेनाको नं. २७ बाहिनी अड्डा तथा गोरखनाथ गण महेन्द्रनगरको टोलीले विहान १० बजेदेखि बेलुका ५ बजेसम्म निःशूल्क स्वास्थ्य शिविर गरेको थियो । उक्त शिविरबाट ४ सय ५० जनाले प्रत्यक्ष सेवा लिएको जनाइएको छ ।
निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरी समुचित उपचारबाट बञ्चित रहेका महिला, पुरुषलाई उपचार गरी औषधी समेत उपलब्ध गराएको हो । आम नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा आधारभूत सेवाबाट बञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसीमले स्तरिय सेवाको उदेश्य सहित नेपाली सेनाले उक्त शिविरको आयोजना गरेको थियो ।

सो शिविरको क्रममा विशेष गरी अर्थो, गाईनो, प्रेशर, सुगर तथा रुघाखोकी विरामीहरुले बढी स्वास्थ्य सेवा पाएको बताउँदै आगामी दिनमा समेत विभिन्न ठाउँमा यस्ता कार्यक्रमहरु गरिने बताइएको छ ।
सो शिविरको लागि नेपाली सेना २६ बहिनी गोरखनाथ गणका बाहिनीपति बाबुराम श्रेष्ठ, गणपति एवम् कर्णेल भोला पाण्डे सहित उनका टिमले कडा परिश्रम र सहकार्य गरेका थिए । नेपाली सेनाको यस्तो कार्यलाई नगरवासी तथा आम जनताले प्रशँसा गरेका थिए ।
नगरका मेयर बरबरिया र नेपाली सेनाको समन्वयले जनतामा उत्साह छाएको देखिएको हो । यस्ता कार्यक्रमले नेपाली सेनाप्रतिको लगाव बढेर जाने विश्वास लिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…