विवाहको प्रस्ताव अस्वीकार गर्दा छुरा प्रहार
पर्सा, ९ पुस । विवाहको प्रस्ताव अस्विकार गर्दा एक युवति उपर एक युवकले छुरा प्रहार गरेका छन् । प्रदेश नं. २ को पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालम

२०७५ पुस ९ सोमबार, बेलुकी ६:०० बजे१ मिनेट पढाइ

पर्सा, ९ पुस । विवाहको प्रस्ताव अस्विकार गर्दा एक युवति उपर एक युवकले छुरा प्रहार गरेका छन् ।
प्रदेश नं. २ को पर्सागढी नगरपालिका– १ भटनीका जयकिशोरप्रसाद चौधरीले छुरा प्रहार गर्दा स्थानीयवासी १८ वर्षीया सकुन्ताला चौधरी गम्भीर घाइते भएकी छन् । घाइते सकुन्तलाको वीरगञ्जस्थित नेशनल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।
जयकिशोरप्रसाद र सकुन्तला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय बढनियारमा कक्षा ११ मा अध्ययनरत छन् । पटक÷पटक राखेको विवाह प्रताव सुकन्तलाले अस्वीकार गरेको भन्दै जयकिशोरले उनीमाथि छुरा प्रहार गरेको राईले बताए ।
जयकिशोरप्रसादलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…