नेपाली सेनाको उदाहरणीय कार्य, दलितवस्तीमा खुसीयाली
खानेपानी ह्याण्डपाईप र शौचालय औपचारिक रुपमा हस्तान्नतरण

२०७५ पुस ८ आइतबार, दिउँसो ३:४० बजे१ मिनेट पढाइ

जनकपुरधाम, ८ पुस । नेपाली सेनाले जनकपुरधाममा समाजिक क्षेत्रको लगानीलाई निरन्तरता दिदै दलित वस्तीमा खुसीयाली बाँडेका छन् ।
विभिन्न समयमा जनकपुरधाम सरसफाई अभियानमा आफ्नो अमूल्य समय र श्रम दान दिँदै आएका नेपाली सेनाले यसपाली जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा रहेको दलित वस्तीमा खानेपानीको लागि ह्याण्ड पाईप (कल) सहित शौचालय निर्माण गरेर दलित वस्तीलाई नै खुसीयाली बाँडेका छन् ।
शौचालयको आइतबार उद्घाटन कार्यक्रम गरी गोरखनाथ गणका प्रमुख सेनानी गणपती भोला पाण्डेले जनकपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहलाई खानेपानी ह्याण्डपाईप र शौचालय औपचारिक रुपमा हस्तान्नतरण गरेका हुन् ।
कार्यक्रममा गणपति पाण्डेल विगतमा नेपाली सेनाले गर्दै आएको काम वाट उत्साहित भएर दलित वस्तीलाई शौचालय तथा खानेपानी कल सहयोग गरेको भन्दै सके सम्म सदैव नेपाली सेनाले नेपाली जनतालाई शान्ति सुरक्षादेखि विकासको काम गर्ने प्रतिबद्धता जनाए । २ लाख ३० हजार लागतमा निर्माण भएको शौचालय र खानेपानी कल दलीत वस्तीमा हस्तान्नतरण गर्न पाउँदा आफू उत्साहित भएको बताए ।
त्यसतै कार्यक्रममा वडाध्यक्ष जानकी राम साहले नेपाली सेनाको यो सराहनीय कार्यबाट आफुलाई उर्जा प्राप्त भएको बताए । कार्यक्रममा उपस्थित व्यक्तित्वहरु आफ्नो वस्तीमा शौचालय र खानेपानी उपलब्ध हुँदा उत्साहित भएका थिए ।
गोरखनाथ गनका प्रमुख सेनानी गणपती भोला पाण्डेको अध्यक्षतामा भएको कार्यक्रम नेपाली सेना, वस्तीका मानिसहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…