जाडोले कठयाङग्रीएर दुई जनाको मृत्यु
न्यूज ब्यूरो, महोत्तरी । केही दिन यता तराई मधेशमा बढेको चिसाको कारण महोत्तरीमा कठयाङग्रीएर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् । जाडोले बेहोस भएका ठाकुरको आज उपचारका क्रममा मृत्यु भएको मटिहानी न

२०७५ पुस ६ शुक्रबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । केही दिन यता तराई मधेशमा बढेको चिसाको कारण महोत्तरीमा कठयाङग्रीएर दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन् । जाडोले बेहोस भएका ठाकुरको आज उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मृतक परिवारलाई जलेश्वर नगरपालिकाका नगरप्रमुख रामशङ्कर मिश्रले काज किरियाको लागि राहत स्वरुप १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन । जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ ।
शुक्रबार भने मौसम सफा देखिएको छ । केही दिनदेखि लागेको हुस्सुलाई चिर्दै घाम लागेको अवस्था छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…