डा. सिके राउतका सह सँयोजक धरौटी नतिर्ने, जेल जान स्वीकार
सिरहा जिल्ला अदालतले मात्र ५ हजार धरौटी माग गरेको छ ।

२०७५ पुस १ आइतबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सह-सँयोजक कैलाश महतोले अदालतले तोकेको ५ हजार रुपैयाँ धरौटी समेत नदिइ जेल जान तयार भएका छन् । नवलपरासी जिल्लामा मा२ लाख ५० हजार धरौटी र सिरहा जिल्लामा ५ हजार रुपैयाँ धरौटीको रकम माग गरिदा सह संयोजक महतोल त्यसलाई अस्विकार गर्दै जेल चलान भएका छन् ।
गत मँसिर २८ गते शुक्रवार जिल्ला अदालत नवलपरासीले २ लाख ५० हजार धरौटी माग गरेपछि त्यही दिनदेखि अस्विकार गर्दै आईरहेको छ भने त्यही प्रकृतिको अर्कोमुद्दामा सिरहा जिल्ला अदालतमा उपस्थित गराई बयान गराई ५ हजारको धरौटी मागि रिहा गरिने आदेश दिदां महतो अस्विकार गरेका छन् ।
अदालत परिसर बाहिर हातमा हतकडी थाम्दै महतोले भने , हामी के कसुर गरेका छौं ? , हामी धरौटी किन दिने ? प्रशासन विनाकारण थुनामा राखछन् अनि जुगा जस्तै पैसा असुली गर्छन् , अनि भ्रष्टाचारको नाममा पैसा निजिकरण यो घोर षणयन्त्रलाई मधेशीहरुले बुझनुपर्छ । म जेल जान तयार छु, तर धरौटी दिन्न ।
एउटै प्रकृतिका मुद्दा उपर बहस गर्दै नवलपरासी जिल्ला अदालतले २ लाख ५० हजार तथा सिरहा जिल्ला अदालतले मात्र ५ हजार धरौटी माग गरेको छ ।
यस सन्दर्भमा स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले भने , नेपाल सरकारले स्वराजीहरुलाई अनाहकमा गिरफ्तारगरी धरौटी असुलि गर्नु र जेल चलान गर्नु स्वतन्त्रता आन्दोलनलाई टेवा पुगनेछ । नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा खसकिसकेको छ । कालान्तरमा नेपाल देश प्रति संयुुक्त राष्ट्रसंघमा अविश्वासको सवाल खडा हुनेछ । ज्यादती बढदै गयो भने स्वतन्त्रताको आवाजलाई अन्तरास्ट्रियकरण सहयोग भईरहेकोछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…