सिरहामा पुनः १ बालिका बलात्कृत !
यसअघि गत कात्तिक २७ गते छठ पुजनको दिन एक महिला उपर सामूहिक बलात्कार थियो ।

२०७५ मंसिर २७ बिहीबार, राति ८:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा पुुनः एक बालिका बलात्कृत भएकी छन् । सिरहाको सुखीपुर नगरपालिका–६ खरही टोलमा बुधबार एक बालिका उपर सामूहिक बलात्कार भएको हो ।
बेलुका घरबारीमा पिसाव फेर्न निस्केकी १२ वर्षीया १ बालिकालाई दुईजना युवाहरुले मुख थुनेर नजीकैको खेतमा लगेर बलात्कार गरेको प्रहरी बताएको छ । पिसाव फेर्न गएकी बालिका निकैवेरसम्म घर नआएपछि खोजतलास गर्दा उनी खेतमा भेटिएकी थिइन् ।
गाउँकै दुईजना युवाहरुले बलात्कार गरेको बताइएको छ भने उनीहरु अहिले फरार रहेको प्रहरीले जनाएको छ । अनुसन्धानमा असर पर्नेभन्दै पीडकहरुको नाम भने सार्वजनिक गरिएको छैन् । उनीहरुको खोजविन भइरहेको प्रहरीले बताएको छ ।
यसअघि गत कात्तिक २७ गते छठ पुजनको दिन सुखिपुर नगरपालिकाकै वडा नं. २ छजनामा राती घरमै सुतिरहेको एक महिला उपर स्थानीय ४ जना मुस्लिम समुदायका युवाहरुद्धारा सामूहिक बलात्कार भएको थियो ।
बलात्कारमा संलग्न २ जनालाई स्थानीयले पक्राउ गरी प्रहरीमा बुझाएपनि अन्य दुईजना भने अझै फरार छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…