पटनाको 'पीपल' जनकपुरधाममा
जनकपुरधामका सर्वसाधारणले स्वच्छ र सफा साँस फेर्न सहजता होस् : डा. धर्मेन्द्र कुमार

२०७५ मंसिर २७ बिहीबार, दिउँसो २:०० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पीपल बोटको महत्व आफैँमा सराहनीय र अतुल्य छ । मानव जीवनमा पर्यावरणको दृष्टिकोणले पीपल अति उत्तम वृक्ष मानिन्छ ।
भारतको गायाबाट विहारको राजधानी पटनामा उमारेर जनकपुरधाममा त्यो पीपल लगाउनु आफैँमा आश्चर्यजनक तथ्य हो । भारतका एक अभियानी पटनाबाट पीपलको बोट ल्याएर जनकपुरधाम रोपण गरेका छन् ।
पीपल नीम तुलसी अभियानी डा. धर्मेन्द्र कुमारले रामजानकी विवाह महोत्सव विवाहपञ्चमीमा दर्शनार्थीको रुपमा आउँदा गायाबाट ल्याएको पीपलको बीउलाई पटनामा उमारेर जनकपुरधाममा रोपेका छन् ।
मानव जीवनमा चाहिने अक्सीजनको लागि लाईफलाईन मानिएको पीपलको बोटको महत्व दर्साउँदै डा. कुमारले प्रदेश नं. २ का प्रदेश साँसद एवम् स्वच्छता अभियानी राम अशिष यादवको हातबाट उक्त पीपलको वृक्ष रोपण गराएका हुन् ।

पीपल नीम तुलसी अभियानी डा. धमेन्द्र कुमारले पीपल मात्र यस्तो बोट हो जसले मानव जीवनमा असाधारण फाईदा पुरयाउँदै आएको बताए । उनले भने,- " पीपलको तल गूरुकुल चलाइयो, पीपलले मानवको दैनिकीमा सहजता प्रदान गर्छ र पंक्षीहरुको घरको रुपमा हुन्छ । मानव घरमा साधारण तरिकाले बसेपनि पीपलको बोटमा विशेषतः पंक्षिहरुको गुंड हुन्छ । जहरिला ग्यासहरुलाई नियन्त्रण गर्ने तथा कार्बनडाक्साइडलाई समेत नियन्त्रण गर्ने क्षमता पीपलको बोटमा अधिक हुन्छ । पर्यावरण बचाउनको लागि पीपलको बोटको महत्व बुझेरै ४ वृक्ष जनकपुरधामको लागी ल्याएको छु । ताकी, जनकपुरधामका सर्वसाधारणले स्वच्छ र सफा साँस फेर्न सहजता होस् ।"

क्लीन एण्ड ग्रीन जनकपुरका महाअभियानी राम अशिष यादव सहित सुरेश शर्मा, विक्रम यादव लगायतका अभियानीहरुले पीपलको बोट रोपण गरेका हुन् । वन कार्यालय धनुषाको प्राँगनमै दुई वटा पीपलको बोट लगाइएको छ ।
सो क्रममा बोल्दै जनकपुरधाम स्वच्छता अभियानी एवम् प्रदेश साँसद राम अशिष यादवले भारतको गायाबाट ल्याएको बीउलाई पटनामा अँकुर गरी बोट पलाउँदै जनकपुरधाममा रोपण गर्नु आफैँमा सराहनीय र प्रशँसनीय कार्य रहेको बताए । स्वच्छता अभियानीको बेजोड उदाहरण भएको बताउँदै अभियानी यादवले पीपल नीम तुलसी अभियानी डा. धर्मेन्द्र कुमारलाई प्रशँसा गर्दै सम्मान समेत गरे ।

अभियानी कुमारलाई प्रदेश साँसद यादवले मिथिला चित्रकला सुसज्जित एवम् वातावरणमैत्री दोसल्ला ओढाएर सम्मान गरे । सम्मान ग्रहण गर्दै अभियानी कुमारले स्वच्छता अभियानी राम अशिष यादवको अभियान र गतिविधि बारे खुलेरै प्रशँसा गरे ।
उक्त वृक्षारोपण कार्यक्रममा गाँधी पिस फाउण्डेशनका लालबहादुर राणाले सहयोग गरेको कार्यक्रममा सहजकर्ता विक्रम यादवले बताए । आउने निकट भविष्यमै पीपल बोट रोपण अयिभानको लािग भारतबाट अझ अभियानीहरु नेपाल आउने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…