सीता विना राम अधुरो : योगी आदित्यनाथ
साँझ ६ बजे पुनः योगी युपीको राजधानी लखनउ पुग्ने श्रोतको जानकारी छ ।

२०७५ मंसिर २६ बुधबार, दिउँसो ४:०८ बजे१ मिनेट पढाइ

विनय कुमार यादव । विवाहपञ्चमी महोत्सवको क्रममा जन्ती बोकेर आएका भारत युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले सीता बिना भगवान राम पनि अधुरो रहेको बताएका छन् ।
राम जानकी विवाह महोत्सवमा जन्ती (बाराती) बनेर जनकपुरधाम बुधबार विहानै आईपुगेका मुख्यमन्त्री योगीले बाह्रविघा रँगभूमि मैदानमा जनकपुरवासीलाई सम्बोधन गर्दै राम माता जानकी विना बिल्कुलै अधुरो रहेको जीकिर गरेका छन् ।
हिन्दुवादी नेता समेत मानिएका मुख्यमन्त्री योगीले जनकपुरधाममा पहिलो पटक आएको भन्दै जनकपुरधाममा अपनत्वको बोध भएको बताए । नेपाल र भारत भाई भाई राष्ट्र भएको भन्दै बेटी रोटीको सम्बन्धलाई विवाहपञ्चमी महोत्सवले झन सुमधुर बनाउन मदत गरेको औल्याए ।
विहान १० बजेर ३८ मिनेटमा जनकपुरधाम विमानस्थलमा ओर्लेका योगी आदित्यनाथ विमानस्थलबाट सीधा विश्वप्रसिद्ध एवम् आस्थाको केन्द्र मानिएको जानकी मन्दिरमा जानकी पूजन गरेका थिए भने जानकी पूजन सँगै मधेश भवनमा राखिएको भण्डारा एवम् अभिनन्दन कार्यक्रममा सरिक भए ।
अभिनन्दपछि गरिएको १ हजार १ मूर्तेको साधुसन्तको भण्डारामा नेतृत्व गर्दै योगीले ३६ व्यञ्जनको भोग लगाए । भण्डारापछि केही वेर विश्राम गरेका योगी अहिले केही बेर अघि मात्र बाह्रविघा मैदानमा पुगेर आयोजन गरिएको रामसीता विवाह स्वयँवर कार्यक्रममा आफ्ना मनतव्य जारी राखेका छन् । साँझ ६ बजे पुनः योगी युपीको राजधानी लखनउ पुग्ने श्रोतको जानकारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…