जानकी मन्दिरमा २ बजेसम्म किन गरियो श्रद्धालुको प्रवेश निषेध ?
योगी आदित्यनाथ ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

२०७५ मंसिर २६ बुधबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विवाहपञ्चमीको मुख्य आकर्षण र मूलधार मानिएको जनकपुधामको जानकी मन्दिरमा सर्वसाधारणहरुलाई दिउँसो २ बजेसम्म प्रवेश निषेध गरेको छ ।
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आगमन र पूजाआजाको मध्यनगर गर्दै मन्दिर प्रशासन सहित सुरक्षाको दृष्टिकोणले जानकी मन्दिर परिसरमा सर्वसाधारणहरुलाई आवतजावत गर्न निषेध गरेको हो । विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सर्वसाधारणहरुलाई निषेध गरिनेछ भने ५ घण्टासम्म मन्दिर खाली खाली हुनेछ ।
योगी आदित्यनाथ ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
योगी आदित्यनाथको सुरक्षालाई मध्यनजर गर्दै मन्दिरमा चेकजाँच कडाईका साथ पूजाको लागि विधिविधान र प्रावधानहरु मिलाउन सहजता प्रदान होस भन्दै सर्वसाधारणहरुलाई प्रवेश निषेध गरिएको छ । बाहिरबाट आस्था बोकेर जानकी मन्दिर दर्शनको लागि आएका श्रद्धालुहरुलाई नै प्रवेश निषेध गरिएपछि उनीहरु दुःखेसो व्यक्त गरेका छन् ।
यता, सुरक्षा निकायले विशिष्ट अतिथि र भिआईपी आगमनको कारण सुरक्षा चुनौति देखाउँदै जानकी मन्दिर परिसर खाली गराइएको तथा सँचारकर्मी, सुरक्षाकर्मी र मन्दिर कर्मचारी बाहेकलाई दिउँसो २ बजेसम्मको लागि प्रवेश निषेध गरिएको छ ।
योगी आदित्यनाथ ११ बजे जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…