डा. सिके राउतका २ कार्यकर्ता रिहा !
एक–एक हजार धरौटीमा रिहा

२०७५ मंसिर २५ मंगलबार, राति १०:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउतका २ जना कार्यकर्तालाई रिहा गरिएको छ । हिजो मँसिर २४ गते आफ्नै पसलबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १ जना र गत असोज ३ गते पक्राउ १ जना गरी २ जना कार्यकर्ता मँगलबार रिहा भएका हुन् ।
पक्राउ गरिएका रुपान्देहीका सागर वर्मा र राम चरण यादवलाई एक–एक हजार धरौटीमा रिहा गरिएको छ । सागर वर्मा भने गत असोज ३ गते कालो दिन मनाइरहेका बेला समेत पक्राउ परेका थिए । केहि दिन पश्चात् उनलाई रिहा गरिएको थियो ।
उनीहरु विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । गत असोज ३ गते कालो दिनमा मधेशका विभिन्न जिल्लाहरुबाट ठूलो सँख्यामा गठबन्धनका कार्यकर्ताहरु पक्राउ परेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…