विवाहपञ्चमीमा जनकपुरको सुरक्षा टाईट, मधेशभरिकै प्रहरी जनकपुरमा
१ बजेदेखि २ बजेसम्म मुख्यचोकमा सुरक्षा ट्रायल गरिएको हो |

२०७५ मंसिर २५ मंगलबार, दिउँसो ३:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुुरधाम । यसपालीको विवाहपञ्चमी महोत्सवमा भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएपछि तीन तहको सुरक्षा दृष्टिकोणले मँगलबारदेखि नै जनकपुरधामको सुरक्षाको सुरक्षा अवस्था कडा पारिएको छ ।
योगीको सुरक्षा दिनको लागि नेपाल प्रहरी, शसस्त्र बल र नेपाली सेनाले सुरक्षा निगरानी बढाएको छ । बाहिरबाट आएका श्रद्धालु आगन्तुकहरुलाई कडाईका साथ निगरानीमा राखिएको देखियो । बुधबार योगी जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर पुग्ने रुट तय भएपछि परिक्रमा सडक सहित लोकसकडमा समेत प्रहरी माटो सँख्यामा परिचालन गरिएको छ ।
विवाहपञ्चमीको लागि भारतको विभिन्न राज्यबाट जन्ती बनेर श्रद्धालुहरु सोमबारदेखि नै आउने क्रम जारी राखेको छ भने उनीहरुको सुरक्षा र स्वागतको लागि तयारी पूरा भएको जनाइएको छ ।
योगीको सुरक्षाको लागि मँगलबार दिउँसो १ घण्टा सम्म सुरक्षा ट्रायल गरिएको छ । १ बजेदेखि २ बजेसम्म मुख्यचोकमा सुरक्षा ट्रायल गरिएको हो ।
मुख्यमन्त्री योगी आउने भएपछि एक दिन अगावै उनको सवारीको लागि बुलेट प्रुफ गाडी भारतबाट जनकपुरधाम ओरालिएको छ भने उनको सुरक्षाको लागि मँच, जानकी मन्दिर, बाटोघाटोमा उच्च सुरक्षा निगरानी बढाइएको छ ।
यसको लागि प्रदेश नं. २ का सरकारले प्रदेश अन्तर्गतको ८ वटै जिल्लाहरुबाट भारी सँख्यामा प्रहरी मगाएर परिचालन गरेको हो । हरेक २५ मिटरको दुरीमा २ प्रहरी परिचालन गरिएको छ । मुख्य चोकचोकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र शसस्त्र प्रहरीले सुरक्षा निगरानी बढाएका हुन् ।
विवाहपञ्चमी महोत्सवको लागि मँगलबारदेखि नै तराई मधेशको विभिन्न जिल्ला सहित देशको विभिन्न भागबाट हजारौँको सँख्यामा श्रद्धालुहरु जनकपुरधाम आईपुगेका हुन्् । आज अपरान्ह मटकोर विधि सम्पन्न भएपछि भोली बुधबार विधिवत रुपमा स्वयम्वर कार्यक्रम भएर विवाहपञ्चमी मनाइनेछ ।
यस सम्बन्धी पहिलो समाचार विवाहपँचमीमा ३ तहको सुरक्षा, ड्रोनबाट भीड निगरानी जनकपुरधाममा योगीको सवारी रुट तय , पार्किङ्ग पनि निषेध !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…